
काठमाडौ – नेकपा एउटा अचम्मको पार्टी सावित हुदै आएको छ। जुन पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड छन् ,तर उनीहरुबीच कुनै नाता छैन, तर कुटुम्बेरी भने मिल्छ।
तर अहिले भने सातपटक नियुक्ति खाएको सम्धीको मात्र चर्चा हुने गरेको छ। तर आफ्नै सम्धीका कुरा अरुलाई लगाउने अर्का सम्धीको अहिले बालुवाटार कोटेश्वरमा चर्चाको बिषय बनेको छ।
ती सम्धी हुन सोमप्रसाद पाण्डे। उनी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका सम्धी हुन। यीनलाई अहिले नेकपाका नेता तथा कार्यकर्ता कुरैटै सम्धीको संज्ञा दिन्छन् ।
स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल र प्रधानमन्त्री केपी ओलीलाई मिलाउने कुरा गर्दै एक पट्टीका कुरा अर्को तर्फ लगाउँछन् । तपाईहरु मिल्नुपर्छ दुबैलाई अप्ठयारो छ भन्दै उनी माधव नेपालाई भन्छन भने बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई अर्कै कुरा सुनाउछन् ।
स्रोतका अनुसार उनले प्रधानमन्त्रीलाई भन्छन् ‘ मैले त माधव नेपाललाई मिल्नुस भनेको हो उनी मरे मान्दैनन्, प्रचण्डले दरो काखी च्यापे जस्तो छ’। उनले आफ्नै सम्धी माधव नेपालविरुद्ध ओलीलाई यसरी कुरा लाँउछन् ।
गएको चुनावमा भने उनको टिकट पाल्पा १ नं क्षेत्रमा युवा नेता ठाकुर गैरेले हात पारिसकेका थिए। तर वरिष्ठ नेता नेपालले कुनै हालतमा पाण्डेले पाउनुपर्ने अडान लिएपछि उनले पाएका थिए। पार्टी भित्रको समूहको हिसाबमा पनि उनी माधव नेपाल पक्षका मानिए पनि प्रधानमन्त्री ओलीले उनलाई त्यो समूहको गतिविधि सूचकका रुपमा प्रयोग गर्ने गरेको एक नेताले बताए।
ओलीले आफु प्रधानमन्त्री भए लगतै पाण्डेलाई तराईमा शशस्त्र सुमूहसग वार्त गर्नका लागि गठित कार्यदलको संयोजक बनाएका थिए। उनले ओलीसंग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्दा सम्बन्ध झन घनिष्ठ भएको बताइएको छ।
आवश्यक परेको बेला नयाँं वानेश्वरमा रहेको पाण्डेको घरलाई माधव नेपाल समूहले छलफल गर्ने सेल्टरका रुपमा प्रयोग गर्ने गरेका छन् । तर त्यहाँ के छलफल भयो? छलफलमा को को थिए भन्ने रिपोर्टिङ प्रधानमन्त्री ओलीलाई पाण्डेले गर्ने गरेको नेपाल पक्षका एक नेताले बताए।
अहिले पनि पाण्ड दिउँसो आफ्नो सम्धी माधव नेपासंग हुने र साँझ परेपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने गरेका छन् । प्रधानमन्त्री ओलीको राती अबेर सम्म काम गर्ने बानी छ। त्यसैले् भेट्नका लागि अबेर सम्म कुर्नुपर्ने हुन्छ।
तर पाण्डेले राती अबेर सम्म कुुर्नुपर्दा उनी प्रधानमन्त्री कार्यलयमा सोफामनै निदाउने गरेको एक प्रत्यक्षदर्शीले बताए।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...