
काठमाडौं। खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी लुक्ला जाने अधिकांश उडानहरू रद्द वा डिले भएका छन्।शनिबार बिहान ६ बजे तय भएका समिट एयरका उडान रद्द भएका छन् भने ७.२० मा तय भएको अर्को उडान पनि रद्द गरिएको छ। सिता एयर र तारा एयरका लुक्ला गन्तव्यका सबै उडान ‘मौसमी कारण’ देखाउँदै ढिला भएका छन्। बुद्ध एयर, यति एयरलाइन्स, नेपाल एयरलाइन्स र श्री एयरलाइन्सका अन्य गन्तव्यतर्फका उडान भने आंशिक ढिलाइसँगै भइरहेको देखिएको छ।बुद्ध एयरका भद्रपुर, भैरहवा, धनगढी, जनकपुर, विराटनगर, पोखरा र भरतपुर गन्तव्यका उडानमध्ये कतिपय ‘बोर्डिङ’ मा छन् भने केही ढिलो प्रस्थान भएका छन्। श्री एयरलाइन्सका सुर्खेत र नेपालगन्जतर्फका उडान पनि मौसमका कारण करिब दुई घण्टासम्म ढिलाइ भएको छ।
नेपाल एयरलाइन्सको इलाम गन्तव्यको नेपाल एयरलाइन्सको उडान ढिला भए पनि फाप्लु र खानीडाँडातर्फका उडान सम्पन्न भएको जनाइएको छ। विमानस्थलका अनुसार मौसममा सुधार भएसँगै अन्य उडान सञ्चालनमा ल्याइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...