
काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङमा ५१ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै मनाङको तालमा ४२ मिलिमिटर वर्षा भएको छ। कास्कीको लुम्लेमा २५.८ मिलिमिटर, दाङको लालमतियामा २७.२ मिलिमिटर वर्षा भएको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ।
यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन रचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण...
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ...
काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...