जेनजीको एक समूहद्वारा अख्तियार प्रमुखको राजीनामा माग्दै प्रदर्शन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

जेनजीको एक समूहद्वारा अख्तियार प्रमुखको राजीनामा माग्दै प्रदर्शन

काठमाडौं । जेनजीको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै दबाब दिएको छ ।उनीहरुले काठमाण्डौको टंगालमा रहेको अख्तियार मुख्यालय पुगेर बिहान प्रदर्शन गरेका हुन् । उनीहरूले राईको राजीनामाको मागसहित निवेदन दर्ता गराएका छन् ।

अलाइन्सले हिजो इमेलमार्फत राजीनामा माग गरेका थिए । प्रमुख आयुक्त राई वाइडबडी, नक्कली भुटानी शरणार्थी प्रकरणलगायत काण्डमा जोडिएकोले पदमा रहनु उपयुक्त नहुने अलाइन्सको भनाइ छ ।निवेदनमा उनीहरुले ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको सहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ भन्ने उल्लेख छ । सो को बोदार्थ प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री, अर्थमन्त्री र कानुनमन्त्रीलाई समेत दिइएको छ ।जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८२ आश्विन २१, १४: २५

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८२ आश्विन २१, १४: २५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८२ आश्विन २१, १४: २५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...