
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसमा विधि र थिति बसाउने अभियान चलाइरहेका पार्टीका पूर्वकार्यवाहक सभापति रामचन्द्र पौडेल यतिवेला पार्टी र यसका भ्रातृ संस्थालाई गतिशिल र चलायमान बनाउन पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् ।
पार्टीमा संगठनलाई गति दिन उनीहरुको गतिविधि बढाउनु पर्ने माग पार्टी सभापति देउवापक्षसँग गरिरहने नेता पौडेलका पुत्र चिन्तन भने पार्टी वा यसका भ्रातृ संस्थाका क्रियाकलापलाई भन्दा आफ्नै एनजिओलाई अघि बढाइ रहेका छन् ।
पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा देशव्यापी रुपमा कांग्रेसले क्रियाशिल सदस्यता नविकरण र वितरणको अभियान चलाइरहँदा इन्जिनियर चिन्तन पौडेल आफू अध्यक्ष रहेको युवा जागरण अभियान नामक एनजीओमा नियुक्तिको वर्षा गरिरहेका छन् ।
चिन्तनलाई यतिवेला कांग्रेसको क्रियाशिल सदस्यता बढाउने काममा सहयोग, दबाब र समर्थनलाई भन्दा एनजीओको केन्द्रीय समिति, सल्लाहकार समिति, विदेशस्थित विभिन्न देश, नेपाल भित्रै सात प्रदेश र विभिन्न जिल्लामा संयोजक नियुक्तमै व्यस्त छन् ।
चिन्तनले आफू अध्यक्ष रहेको युवा जागरण अभियानको उपाध्यक्षमा भने पार्टी केन्द्रीय कार्यसमितिकी कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. शुभाषचन्द्र यादवलाई नियुक्त गरेका छन् । ६ वर्षअघि देखि नेपालमा एनजीओ संचालन गर्दै आएका चिन्तनले गत साउन १३ गते युवा जागरण अभियानको १३ सदस्यीय केन्द्रीय समिति गठन गरेको जनाएका थिए ।

केन्द्रीय समितिको उपाध्यक्षमा नेविसंघका पूर्वउपाध्यक्ष प्रकाश रानालाई राखेका छन् । केन्द्रीय समितिमा अधिकांस नेविसंघका विद्यार्थी नेताहरु छन् । भदौ ६ गते अभियानको केन्द्रीय समितिमा चिन्तनले थप १८ जनालाई नियुक्त गरी गरी केन्द्रीय समिति ३१ सदस्यीय बनाएका थिए ।
चिन्तनले नेविसंघ त्रिविवि इकाइका सभपाति श्यामचन्द्र अधिकारीलाई केन्द्रीय सदस्यमा र नेविसंघका पूर्वनेता हाल बेलायतवासी विश्वआदर्श पण्डित, नेविसंघ ११ महाधिवेशनमा अध्यक्षका प्रत्यासी भएर पराजित मनोजमणी आचार्य लगायतलाई भदौ ६ गते नियुक्त गरेका थिए ।
भदौ ११ गते युरोपको संयोजकमा चिन्तामणी सापकोटा, जापान संयोजकमा डीपी कँडेल र कोरियाको संयोजकमा बिनोद बुढाथोकीलाई नियुक्त गरेका छन् । भदौ १४ गते चिन्तनले कँडेललाई एसिया संयोजक र रामेश्वर बुर्लाकोटीलाई अमेरिका र क्यानाडाको संयोजकमा नियुक्त गरेका छन् ।
युवा जागरण अभियानको नाम भदौ ५ गते जारी गरिएको विज्ञप्तीमा भने संशोधन गरी युवा सजगता अभियान भनिएको छ । कतै भने युवा सजगता –जागरण) अभियान नाममा विज्ञप्ती जारी र नियुक्ती दिएको देखिन्छ ।
नेविसंघ एक दर्जन पदाधिकारीमा सिमित भएको बेला चिन्तनले नेविसंघका अधिकांस नेताहरुलाई भने एनजीओको केन्द्रीय सदस्य र जिल्ला संजोजकमा धमाधम नियुक्ति दिइरहेका छन् । भदौ १५ गते मात्र उनले वागमति प्रदेशमा १० र प्रदेश १ मा १२ जिल्लामा संयोजक तोकेका छन् ।
पौडेलले प्रदेश २ का आठ वटै जिल्ल्लामा संयोजक तोकेका छन् । सुदूरपश्चिम प्रदेशमा दार्चुलावाहेक ८ जिल्लामा गण्डकी प्रदेशका ११ जिल्लामा, कर्णाली प्रदेशका १० जिल्लामा र प्रदेश ५ का ११ जिल्लामा संयोजक तोकेका छन् ।
प्रदेश १ मा १२ जिल्लामा संयोजक तोकेका चिन्तनले सूदुरपश्चिम संयोजकमा ई.भुवन भट्ट, प्रदेश २ को संयोजकमा संजिवकुमार यादव, गण्डकी प्रदेश संयोजकमा शुशिल तिम्सिना र प्रदेश ५ को संयोजकमा डा. मुक्ति पौडेललाई अभियानको संयोजक तोकिएको छ ।
संस्थाको अध्यक्ष रहेका चिन्तनले कर्णाली प्रदेश संयोजकमा इश्वरबहादुर विष्ट, प्रदेश १ को संयोजकमा प्रेमिका रानामगर र बागमति प्रदेशको संयोजकमा पुनम लामालाई नियुक्त गरेका छन् ।
अध्ययनको शिलशिलामा भारत र अध्ययन तथा कामको शिलशिलामा बेलायत बसेका पौडेल नेपाल फर्किएपछि राष्ट्रिय परिचय पत्र वितरण बोर्डको अध्यक्ष भएका थिए । उनको सो नियुक्तिलाई लिएर पार्टी भित्र निकै आलोचना पनि भएको थियो ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...