राज्य संरचनाबाट अनधिकृत निर्देशन आउने कुरालाई राम्रो मान्न सकिन्न : बर्तौला – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

राज्य संरचनाबाट अनधिकृत निर्देशन आउने कुरालाई राम्रो मान्न सकिन्न : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता एवं निवर्तमान सांसद महेश बर्तौलाले राज्य संयन्त्रमा अनधिकृत हस्तक्षेप भइरहेको आरोप लगाएका छन् ।यसले विधिको शासन र लोकतान्त्रिक मूल्यमा ठेस पुर्‍याइरहेको उनको भनाइ थियो ।उनले राजकता र भीडकै दबाबमा राज्य चल्ने हो भने मुलुक दिशाहीन बन्न जाने बताए ।
सरकारले अझै पनि आम मानिस र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूलाई सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको जिकिर गर्दै उनले भने – ‘राज्यका औपचारिक संयन्त्रहरूलाई अनाधिकृत मानिसहरूले अनधिकृत ढंगबाट प्रवेश दिएर, खुलमखुल्ला महत्व दिएर अनधिकृत निर्देशन दिने कुरा, राज्यका सूचनाहरू माग गर्ने कुरा, के भयो के भएन भन्ने कुराको एउटा माथिल्लो तहको निकायले जस्तो तल निर्देशनहरू जारी गर्ने कुरा त्यो किमार्थ यो लोकतान्त्रिक शासन व्यवस्थामा, लोककल्याणकारी शासन व्यवस्थामा, विधिको शासन वकालत गर्ने हामीहरूको लागि त्यो उपयुक्त कुरा होइन।’

सम्बन्धित समाचार

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८२ आश्विन २५, २०: ०२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८२ आश्विन २५, २०: ०२

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८२ आश्विन २५, २०: ०२

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...