
नयाँ विकल्प,
काठमाडौं– नेपालको स्वास्थ्य क्षेत्रमा सुनिल शर्मा परिचित नाम हो । विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालक शर्मा सरकारले जारी गरेको निर्देशिका पालना गर्न अटेर मात्र गर्दैनन् । उल्टै सरकारका स्वास्थ्यमन्त्री नै परिवर्तन गरिदिने धम्की दिने गर्छन् ।
शर्मा सञ्चालक रहेको नोवेल मेडिकल कलेजमा कार्यरत सयौं कर्मचारी निकालिएका छन् । अधिकांश कर्मचारीलाई शर्माले महिनौंदेखि तलब दिएका छौनन् ।
सरकारले कोरोना संक्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप शतप्रतिशत भत्ता दिने घोषणा गरेको छ । तर नयाँ विकल्पको सम्पर्कमा आएका नोवेल मेडिकल कलेजका एक कर्मचारीका अनुसार नियमित काम गरेका कर्मचारीलाई समेत मासिक ६ हजारभन्दा बढी दिएकाे छैन् ।
नाम उल्लेख नगर्ने सर्तमा ति कर्मचारी भन्छन् ‘मासिक ३५ हजार करार सम्झौतामा काम गरेको थिएँ । अहिले मासिक ६ हजार मात्र दिईएको छ । कोठाभाडा मात्र ५ हजार तिर्नुपर्छ अरु खर्च कसरी जुटाउनु ? कोरोनाको त्रासवीच काम गरिरहेका हाम्रो पीडा नत अस्पतालले देख्छ नत सरोकारवालाले नै बुझ्ने गरेको छ ।’
शर्माले कोरोना संक्रमणले अस्पतालको अर्थतन्त्र खस्केको भन्दै तलब दिन छाडेका थिए ।
उनै शर्माले काठमाडौंको सिनामंगलस्थित नाम चलेको काठमाडौं मेडिकल कलेज (केएमसी ) सोमबार खरिद गरेका छन् । सो अस्पताल उपत्यकाकै नाम चलेको अस्पताल हो ।
केएमसी मेडिकल कलेज स्रोतका अनुसार शर्माले अस्पतालको ६५ प्रतिशत हिस्सा खरिद गरेका छन् । किनवेच कतिमा भयो भन्नेबारे बाहिर ल्याइएको छैन् । तर सो अस्पताल खरिदका लागि शर्माले करोडौं रुपियाँ खर्च गरेको स्रोतका दावी छ ।
नोवेल मेडिकल कलेजमा कार्यरत कर्मचारी गुनासो गर्छन ‘हामीलाई काम गरेको तलव दिन आनाकानी गर्ने शर्माले त्यति ठुलो अस्पताल कसरी खरिद गरे ? यसवारे सरोकारवाला निकाय पनि मौन रहनुले थप शंसय पैदा भएको छ ।’
केएमसी मेडिकल कलेजका अध्यक्ष आर.आर. पाण्डेले आफ्नो नाममा रहेको अधिकांस हिस्सा शर्माका नाममा वेचेको अस्पताल स्रोतले दावी गरेको छ ।
विराटनगरको नोवेल मेडिकल कलेजमा कर्मचारीमाथि चरम शोषण गरेको आरोप खेपेका शर्माले अस्पतालको अधिकांस सेयर खरिद गरेपछि केएमसीमा लामो समयदेखि कार्यरत कर्मचारी शसंकित बनेका छन् ।
केएमसीमा कार्यरत एक कर्मचारीका अनुसार शर्माको प्रवेशसंगै आउन सक्ने सम्भावित समस्याबारे कर्मचारी संगठन एकजुट हुने र सम्भावित अवस्थाको मुकाविला गर्नेबारे फरक फरक तीन कर्मचारी संगठनबीच सहमती बनेको छ ।
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...