रक्षामन्त्री पाेखरेल र पर्यटन मन्त्री भट्टराई विचकाे आन्तरिक द्धन्दले दुवईमा अलपत्र १२ सय नेपालीकाे उद्धार हुन सकेन – Naya Bikalpa
September 7, 2026, Monday      Epaper
युएई सरकाकाे निःशुल्क उद्धार गर्ने प्रस्ताव दुइमन्त्रीकाे लडाईले अन्याेलमा

रक्षामन्त्री पाेखरेल र पर्यटन मन्त्री भट्टराई विचकाे आन्तरिक द्धन्दले दुवईमा अलपत्र १२ सय नेपालीकाे उद्धार हुन सकेन


नयाँ विकल्प
काठमाडाैं- काेराेना संक्रमणका कारण जागिर गुमाएर लगायत विभिन्न कारणबाट अलपत्र रहेका नेपाली निःशुल्क उद्धार गरिदिने युएई सरकारकाे प्रस्तावमा नेपाल सरकारले उडान अनुमति दिन आनाकानी गरेकाे छ ।


युएई सरकारले दुवई लगायतका स्थानमा विभिन्न कारणबाट अलपत्र परेका १ हजार बढि नेपालीलाई निःशुल्क चार्टर उडानमार्फत नेपाल ल्याउने प्रस्ताब गरेकाे थियाे ।

युएई सरकारकाे स्वामित्व रहेकाे इत्तेहाद एयरलाइन्सले ती अलपत्र नेपालीकाे उडानकालागि अनुमति मागेकाे थियाे । तर नागरिक उड्डयन मन्त्रालयकाे अनुमति नपाएका कारण अलपत्र नेपालीकाे निशुल्क उद्धारकाे संभावना कम हुदै गएकाे छ ।

इत्तेहाद एयरलाइन्सले उडान अनुमतिका लागि नेपालस्थित युएई दूतावासमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको थियाे ।

इत्तेहादले पठाएकाे प्रस्तावमा ४ दिनमा ८ वटा उडानमार्फत झन्डै १२ सय नेपालीलाइ निःशुल्क ल्याउने प्रस्ताव गरेको छ । तर नेपाल सरकारले अहिले सम्म अनुमति दिएकाे छैन् ।

दुवईमा अलपत्र परेका नेपालीकाे उद्दारकाे नाममा चर्काे मुल्य असुलेकाे र अलपत्र नेपालीलाई नलिइ नेपाल एयरलाइन्सकाे विमान रित्तै नेपाल फर्किएकाे विषयमा सरकाकाे चाैतर्फी आलाेचना भएकाे थियाे ।

नागरिक उड्यन मन्त्रालयले अलपत्र नेपालीकाे उद्दार गर्न चाशाे देखाएकाे छ । तर कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले भने विभिन्न कारण देखाउँदै उडन अनुमति दिन आनाकानी गर्दै आएकाे छ ।

सिसिएमसीका संयाेजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पाेखरेल छन । पर्यटन मन्त्रालयकाे जिम्मेवारी मन्त्री याेगेश भट्टराइले गरेका छन् । यी दुइबिच पछिल्लाे समय आन्तरिक द्वन्द चर्चिएकाे छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेल तथा मन्त्री याेगेश भट्टराइ विचकाे आन्तरिक लडाईका कारण पछिल्लाे समय विदेशमा अलपत्र नेपालीकाे सहज उद्धार हुन सकेकाे छैन ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ भाद्र १७, ०८: १२

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ भाद्र १७, ०८: १२

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ भाद्र १७, ०८: १२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...