नेकपाको अध्यक्षमा दाहाल-नेपाल भिडन्तको तयारी, ओलीले उत्तराधिकारी नै पाएनन् – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

नेकपाको अध्यक्षमा दाहाल-नेपाल भिडन्तको तयारी, ओलीले उत्तराधिकारी नै पाएनन्

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण पश्चात चैतमा एकता महाधिवेशनको औपचारिक निर्णय भएसंगै प्रतिस्पर्धाका समेत चर्चा शुरु भएका छन् ।

बिशेषगरी अध्यक्षमा आफु निकट नेता मार्फत र आफैले आफु निकट नेताहरुसंग आन्तरिक घोषणा गर्ने क्रम बढेको छ। पार्टीका वरिष्ठ नेता माधव नेपालले यो साता आफु निकट स्थायी समिति सदस्यहरुसंग आफु महाधिबेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेको एक नेृताले जानकारी दिएका छन् ।

नेपाल तत्कालीन एमालेको नवौ महाधिवेशनमा वर्तमान प्रधानमन्त्री केपी ओलीसंग झण्डै ५० मतको अन्तरले पराजित भएका हुन। माघ १४ गते बसेको नेकपा केन्द्रीय सिमतको बैठकले चैतमा महाधिवशेन गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैठकले ०७७ चैत्र २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशनको मिति तय गरेको थियो। । अर्का अध्यक्ष प्रचण्ड आफैले औपचारिक रुपमा अध्यक्षमा उम्मेदवारी दिने कुरा सार्बजनिक नगरे पनि आफु निकट नेता मार्फत घोषणा गरेका छन् ।

उनी निकट नेता उर्जामन्त्री बर्षमान पुनःले यो साता एक अन्तरावर्तामा प्रचण्ड आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

दाहाल झण्डै ३० बर्षदेखि नेकपा माओवादी केन्द्रको अध्यक्ष रहदै आएका थिए। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रधानमन्त्री केपी ओली सहित प्रचण्ड नेकपाका अध्यक्ष रहदै आएका छन् ।

ओली उत्तराधिकारी बिहीन

निर्धारित समयमा महहाधिवेशन भएको खण्डमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीलाई ठुलो सकस पर्ने भएको छ।

उनी आफ्नो उत्तराधिकारी चयन गर्न समेत असफल देखिएका छन् । ओलीपछि आफुले नेतृत्व पाउनुपर्ने दावी नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले गरेपनि पार्टीभित्र उनी लोकप्रिय छैनन्। स्वयं ओली निकटका नेताहरु उनलाई मान्न तयार छैनन्। वरिष्ठ नेता नेपालका लागि पराजित गर्न पोखरेल सबैभन्दा सजिला उम्मेदवार सावित हुनेछन् ।

ओलीका अर्का उत्तराधिकारी संसदीय दलका उपनेता सुवास नेम्बाङ हुन। उनी सर्बसम्मत भए मात्र उम्मेद्धार बन्न ईच्छुक देखिन्छन् । अरुसंग प्रतिस्पर्धामा उत्रने उनको रुचीको बिषय देखिदैन।

के होला नेपाल दाहाल प्रतिस्पर्धाको परिणाम ?

नेकपा बिवाद समाधानकालागी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदनप्रति प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुनै असन्तुष्ट बनेका थिए।

प्रतिवेदनमा उल्लेख भएको पार्टी संचालन गर्ने जिम्मा प्रचण्डको भन्ने अंशमा उनीहरु असन्तुुष्ट थिए। प्रचण्डलाई कुनै हालतमा पार्टी जिम्मा लगाउनु हुदैन भन्ने उनीहरुको दावी थियो। पार्टीको आगामी महाधिवेशनमा पूर्व एमालेहरुमा यो धारणाले घर नगर्ला भन्न सकिन्न।

अध्यक्ष प्रचण्डले महाधिवेशन सहमति गर्नुपर्ने प्रस्ताव पनि यसकै परिणाम हो। तर आठलाख पार्टी सदस्य भएको नेकपामा सर्बसम्मतको प्रस्ताव एउटा कल्पनाको खेती भएको छ।

महाधिवेशनमा प्रतिनिधि छनौट गर्दा देखिनै चुनाव हुने भएकोले केन्द्रमा सर्ब सम्मत संभाव नभएको एक नेताले दावी गरे। नेपाल र दाहालबीच प्रतिस्पर्धा हुँदा ओली पक्षका नेताहरु समेत देशको देउता भन्दा गाँउको भूत प्यारो भन्दै नेपाल तर्फ ढल्कने संभावना छ।

त्यसकारण आगामी महाधिवेशनमा नेपालको पल्ला भारी हुने देखिएको छ। नेकपाका एक नेता भन्छन् अबको महाधिवेशनमा नेपाललाई रोक्ने नेकपामा एक नेता मात्र छन् ती हुनु् केपी ओली । तर उनले अब आफ अध्यक्ष नबन्ने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०७७ भाद्र १७, १३: ३६

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०७७ भाद्र १७, १३: ३६

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...

एमालेको स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत
एमालेको स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत
  • २०७७ भाद्र १७, १३: ३६

काठमाडौं : नेकपा एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर...