मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत

जनकपुर ।मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)को राजीनामा स्वीकृत भएको छ। विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले शनिबार पदबाट राजीनामा दिएका थिए।विश्वासको मत लिने दिन जनमतका दुई जना अनुपस्थित भएको र माओवादी केन्द्रका रहवर अन्सारी र माला कर्णले तटस्थ बस्ने भनेपछि अल्पमतमा परेका मुख्यमन्त्री सोनलले राजीनामा दिएका हुन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए।नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ।

अल्पमतमा परेपछि तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले गत असोज २८ गते राजीनामा दिएका थिए। असोज २९ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनल पाँच दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

सम्बन्धित समाचार

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८२ कार्तिक २३, ०९: ४७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८२ कार्तिक २३, ०९: ४७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८२ कार्तिक २३, ०९: ४७

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...