
नयाँ विकल्प
काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पूर्व –पश्चिम रेलमार्ग अन्तरगत झापाको काकरभिट्टादेखि सुनसरीको इनरुवा खण्ड निर्माणको ठेक्का प्रतिष्पर्धाबिना ३५ अर्ब रुपैयाँमा दिएर भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरेका छन् ।
रेलमार्गको परियोजना निर्माणको लागि आवश्यक पर्ने जग्गाको अधिग्रहण समेत नगरी खुल्ला प्रतिष्पर्धा बिना नै हचुवाको भरमा ठेक्का दिएको भन्दै नेता पौडेलले छानबिनको माग गरेका हुन् ।
‘सार्वजनिक खरिद ऐनको दफा ८, ९, १० र १५ तथा नियमावली ६ विपरित खुल्ला प्रतिष्पर्धाबिना निश्चित ठेकेदारलाई पोष्नको लागि हचुवाको भरमा ठेक्क दिनु गलत छ’, पौडेलले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
नेता पौडेलले राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणको नाममा ३५ अर्ब रुपैयाँ हचुवाको भरमा खर्च गर्नु अनुचित हुने भन्दै जग्गाको मुआब्जा वितरण समेत नगरी रेलमार्ग निर्माणको प्रक्रिया थाल्नु नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको दाबी गरेका छन् ।
कानूनी प्रक्रिया पुरा नगरी राष्ट्रिय ढुकुटीको ब्रम्हलुट गर्नबाट जोगाउन तत्काल रेलमार्ग ठेक्का रोकेर छानबनि गर्न संसदको सार्वजनिक लेखा समिति, विकास समिति, सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण पौडेलले गराएका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...