
काठमाडौँ । कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एउटै चुनाव चिह्नमा चुनाव लड्न सहमत भएका छन् । यी दुई दलले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनमा एउटै चिह्नमा चुनाव लड्ने भएका हुन् ।
बुधबार बानेश्वरमा एक कार्यक्रम गरी एउटै चुनाव चिह्न ‘बलिरहेको चिम’ लिएर निर्वाचनमा भाग लिने घोषणा गरेका हुन्। बलिरहेको चिम उज्यालो नेपाल पार्टीको चुनाव चिह्न हो। खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीको चुनाव चिह्न ‘लाइक’ छ।
आफुहरु कुलमानले देखेको सपनालाई साथ दिन एकसाथ आएको सुनारले बताए । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल दुवै नयाँ दल फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा पहिलोपटक सहभागिता जनाउँदैछन् ।
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर...
हेटौंडा : बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बागमती सरकारकी भौतिक पूर्वाधार विकास मन्त्री बिनु...
काठमाडौं : नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको विषयमा व्यवसायीसँग छलफल गरेका छन् ।...