हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो, ७६ जना घाइते – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो, ७६ जना घाइते

काठमाडौं । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ ।

आगलागीले आवासीय ब्लकका धेरै भवनहरूलाई सखाप पारेको छ ।आगलागीमा ७६ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ । बुधबार दिउँसो स्थानीय समय अनुसार २:५० बजेतिर हङकङका आवासीय भवनहरूमा आगो लागेको थियो । कम्प्लेक्समा आठ टावरहरू छन्, जसमा लगभग २००० अपार्टमेन्टहरू छन् । आगलागी शुरु भएको पाँच मिनेटमै ३२ तालासम्म फैलिएको थियो ।

बुधवार राति सुरु भएको आगो कूल आठ टावरमध्ये सातवटामा फैलिएको थियो। हङकङका मुख्यमन्त्रीले आगो अहिले  नियन्त्रणमा आएको  बताएका छन् ।  उद्धार कार्य अझै जारी छ। अग्नि नियन्त्रकहरूले आज बिहान ९ बजेसम्म सबै फ्ल्याट जाँच पूरा गर्ने लक्ष्य राखेका छन्।

घटनास्थलमा उद्धार कार्य अझै जारी छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । आगलागीबाट विस्थापित सयौं मानिसका लागि अस्थायी बसोबासका व्यवस्था पनि नगर प्रशासनले गरेको छ । हङकङ प्रशासनले मृतकको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाइने जनाएको छ ।

अधिकारीहरूले हराइरहेका व्यक्तिहरूको खोजी तथा घटनास्थलको विस्तृत अनुगमन जारी राखेका छन्।

सम्बन्धित समाचार

सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
  • २०८२ मंसिर १२, ०८: ३०

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर...

बागमती सरकारको स्थिरताका लागि मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार
बागमती सरकारको स्थिरताका लागि मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार
  • २०८२ मंसिर १२, ०८: ३०

हेटौंडा : बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बागमती सरकारकी भौतिक पूर्वाधार विकास मन्त्री बिनु...

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
  • २०८२ मंसिर १२, ०८: ३०

काठमाडौं : नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको विषयमा व्यवसायीसँग छलफल गरेका छन् ।...