चौतर्फी घेरामा परेपछि बामदेवलाई राष्ट्रिय सभामा सिफारिस गर्न ओली बाध्य – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

चौतर्फी घेरामा परेपछि बामदेवलाई राष्ट्रिय सभामा सिफारिस गर्न ओली बाध्य


नयाँ विकल्प,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अन्तत ः पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सहमत भएका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अध्यक्षतामा विहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त सदस्य पदमा गौतमलाई मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने आफ्नो निर्णय बैठकलाई जानकारी गराएको बताए ।

प्रधानमन्त्री ओली आफ्ना विश्वास पात्र गैर राजनीतिक पृष्ठभूमिका युवराज खतिवडालाई राष्ट्रियसभामा लैजान चाहन्थे तर गौतमलाई राष्ट्रिय सभामा नपठाएमा आफूलाई पार्टी भित्र सँधै समस्यामा पर्ने भन्दै शक्ति सन्तुलनका लागि बामदेवको पक्षमा निर्णय गर्न बाध्य भएका थिए ।

नेकपा सचिवालयको गत फागुन १४ को बैठकले नै वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको थियो । तर, ओलीले खतिवडालाई राष्ट्रिय सभाको म्याद समाप्त भए पनि संविधानको सुविधा प्रयोग गर्दै ५ महिनासम्म मन्त्रीमा राखेका थिए ।

सचिवालयको सिफारिसलाई कार्यान्वयन नगरी अटेर गरेर झण्डै ६ महिनासम्म अडिएका प्रधानमन्त्री ओलीले आफूसँग अर्का अध्यक्ष पुष्पकमल दाहालको द्वन्द्व निवारण गर्न वामदेवले आफ्नो पक्ष लिएको गुन तिर्न राष्ट्रिय सभामा गौतमलाई लैजान ओली राजि भएका हुन् ।

गौतमलाई राष्ट्रिय सभामा लैजान अर्का अध्यक्ष दाहालको दबाब र आफूलाई सांसद बनाउने सचिवालयको ५ महिनाअघिको निर्णय नउल्टिएको भन्दै बामदेवले ओलीलाई चेतावनी दिएका थिए । ओलीले वामदेवको विकल्पमा श्रीमती तुलासा थापालाई ल्याउने योजना बनाएका थिए ।

गौतमलाई राष्ट्रिय सभाको सांसद नबनाएमा आफूविरुद्धको मोर्चाबन्दीमा लाग्ने भय र त्रासले ओली गौतमलाई साथमा लिन बाध्य भएको बालुवाटार श्रोतले जनायो । सम्भवत आजै साँझ वा भाेलिसम्म मन्त्रीपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यको लागि राष्ट्रपति समक्ष पेश गर्ने छ ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ भाद्र १८, १८: ४७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ भाद्र १८, १८: ४७

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ भाद्र १८, १८: ४७

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...