चोरबाटोमा बामदेबकाे राजनीति- नेकपाकाे रत्यौली ! – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

चोरबाटोमा बामदेबकाे राजनीति- नेकपाकाे रत्यौली !


काठमाडौ–नेपाल कम्युनिष्ट पाटी ( नेकपा ) उपाध्यक्ष बामदेव गौतमसंग नैतिकता भएको भए यतिवेला खुमलटार र बालुवाटार हैन आफ्नै निर्वाचन क्षेत्र बर्दिया –१ मा पुगेर जनताकाे पिरमर्का बुझिरहेका हुन्थे ।

कोरोना महामारीका वीच निर्वाचन क्षेत्रका आम जनाताको समस्या समाधानमा सक्रिय हुन्थे ।विगतमा निर्वाचनमा आफ्नो हार बारे समिक्षा गरिरहेका हुन्थे ।

जनतासंग विग्रेकाे सम्बन्ध सुधार गर्ने मौकाको रूपमा याे समयलाइ सदुपयोग गर्थे। पार्टीका काम कारवाहीमा सक्रिय रहदै कमीकमजोरी सुधार गरेर पार्टीकाे विग्रेका छवि सुधार्नेतर्फ लागेका हुन्थे ।

नेपालको राजनीतिमा नैतिकता, त्यो पनि बामदेवसंग …हैट !

नेपालमा राजनीति कति बेईमानपूर्ण र छलछामपूर्ण छ ? जनताको अभिमतलाई कसरी अबमुल्यन गर्दै कसरी तिलाञ्जली दिईन्छ ? जनतामाथि पुनः हरूवाले कसरी शासन गर्छ ? त्यो उदाहरण हेर्न अरू कतै जानै पर्दैन बामदेव गौतमलाइ हेरे पुग्छ ।

राज्य सत्ताको बागडाेर सम्हाली रहेकाे नेकपा सरकारसंग यतिवेलासम्म गणितीय रुपमा दुई तिहाई नजिक जनमत त छ । नत.. उसंग नैतिकता छ, नत ..भोलिको चुनावमा जनतासंग लिएर जाने कुनै एजेण्डा बाँकी छ ।

हैन भने दुइवर्ष मात्र बाँकी रहेको संसदीय निर्वाचन पर्खिन बामदेवलाई किन धैर्य भएन ?

अभिमतविरुद्ध नेकपाको रत्यौली

रत्यौली शब्द आफैमा अश्लिलता झल्कने शब्द हो । नेपाली परम्परा अनुसार विवाहका बेला दुलाह पक्षका पुरुषहरु बेहुली लिन जाने चलन छ । यस्ताे वेला बेहुला पक्षका महिला मात्र घरमा हुने र छिमेकका महिलाहरू जम्मा भएर रत्यौली गाइन्छ ।

आमा हजुर आमाले भने अनुसार रत्यौली आजभोली जस्तो उ बेला अश्लिलता थिएन् । रत्यौलीमा भगवानका किस्सा र भजन कृतन हुन्थे । तर विस्तारै भजन किर्तनलाई कम र अश्लिलताले जित्दै गएपछि रत्यौली बदनाम हुदैं गएको हो ।

तर जति वदनाम भएपनि यसलाई सांस्कृतिक रुपमा अहिले पनि रत्याैली मनाउँने चलन छ ।नेकपाले नेपालको राजनीतिलाई विस्तारै त्यही रत्यौली शैलिमा अगाडि बढाईरहेको छ । जनमतको पटक पटक धज्जी उडाईरहेको छ । नेकपाको राजनीतिक रत्यौली देख्ने र सुन्नेका लागी लज्जाशरणम् ! बनेको छ ।

प्रत्यक्ष चुनावमा जनताले तिरस्कार गरेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्र हैन स्थानीय चुनावमा हारेका अनुभवविहिनले राष्ट्रिसभा जस्तो सम्मानित स्थानमा पुगेर तिनैले जनतालाई प्रवचन दिन थालेका छन । राजनीतिक रत्यौली भनेकै यही हो ।

नेपालको संविधानअनुसार राष्ट्रिय सभालाई स्थायी सांसदको रुपमा ब्याख्या गरेको छ । राष्ट्रिय सभामा प्रतिनिधि गर्ने व्यक्ति विशेष योगदान र अनुभव भएको हुनुपर्ने मान्यता छ । तर नेकपा सरकारले यो उपल्लो संसदलाई बामदेवजस्ता बदनाम र जनताबाट तिरस्कृत व्यक्तिलाई थन्क्याउने र जनमतलाई लत्याउने काम गरेको छ ।

कोरोना संक्रमणका कारण नागरिकका गतिविधि ठप्प प्राय छन् । रोगलेभन्दा भोकले मानिसको ज्यान जाने अवस्था छ । किसानले मल नपाएर हप्तौं लाईनमा बस्नु परेको छ । जनप्रतिनिधिले खरिद गरेका डोजरलाई काम दिन जथाभावी खनिएका बाटो भत्केर, पहिरोमा परेर सयौ नागरिकले ज्यान गुमाएका छन् ।

बाढि पहिरोमा पुरिएर हराईरहेका जनताको खोजि गर्न यो सरकारलाई पटकै ध्यान छैन । पीडितलाई राहातभन्दा जन प्रतिनिधि र सरकारका मन्त्री हेलिकोप्टर उडानमा राज्यको सम्पत्ति लुटानमा बढी ध्यान दिइरहेका छन् ।

नेपालका तराई क्षेत्रमा बालबालिकाले राम्रोसंग आहारा पाएका छैनन् । स्वास्थ्य शिक्षाको कुरा त परै जाओस्, सर्पको टोकाइबाट बर्षेनी सयौं नागरिकले अकालमा ज्यान गुमाईरहका छन् ।
सर्पको टोकाइबाट बच्ने नेपालमै भरपर्दो स्वास्थ्य उपचार छैन् । स्वास्थ्य सस्थाको त के कुरा !

सर्प पाल्न त्यो पनि ७५ करोड अनुदान अरुलाई हैन आफ्नै नेताको नामको सस्थालाई ! ब्यापारमा आफ्नै सेटिङ, कमिसन विना कामै हुँदैन । साच्चै बामदेव शैलि सुहाउने यो भन्दा अर्को राजनीतिक व्यवस्था कुन होला ? (लेखक नेपाली कांग्रेस प्रचार विभागका सदस्य हुन ।)

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ भाद्र १९, ०९: १०

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ भाद्र १९, ०९: १०

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ भाद्र १९, ०९: १०

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...