
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमिरय लिगमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच खेल हुँदैछ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।
लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो।
आज विजयी हुने टोली फाइनलमा पुग्नेछ। विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिमको सामना गर्नेछ।
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...