कांग्रेसद्धारा यादवको नेतृत्वमा केन्द्रीय सदस्यता छानबिन समिति गठन – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

कांग्रेसद्धारा यादवको नेतृत्वमा केन्द्रीय सदस्यता छानबिन समिति गठन

काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय सदस्यता छानबिन समिति गठन गरेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवको नेतृत्वमा केन्द्रीय सदस्यता छानबिन समिति गठन गरेका हुन् ।

समितिको सदस्यहरूमा केन्द्रीय सदस्य शिव हुमागाईं, प्रा.डा.गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटी र शान्ति परियार बिक छन् ।

कांग्रेसको विधानअनुसार वडाहरूबाट वितरण हुने क्रियाशील सदस्यता पालिका निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रमा आइपुगेपछि केन्द्रीय सदस्यता व्यवस्थापन समितिले छानबिन समितिलाई हस्तान्तरण गर्नेछ ।
केन्द्रीय सदस्यता व्यवस्थापन समिति महामन्त्रीको नेतृत्वमा रहने वैधानिक प्रावधान छ ।

अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगन थापा रहेका छन् । महामन्त्री थापा नेतृत्वको समितिले देशभरिबाट आएका क्रियाशील सदस्यहरूको विवरण हस्तान्तरणपछि त्यसमा आउने उजुरी र दाबी विरोधका आधारमा केन्द्रीय सदस्यता छानबिन समितिले सदस्यता सम्बन्धी निर्णय गर्नेछ । यसरी तयार भएको अन्तिम नामावली नेपाली कांग्रेसको वडा तहमा मतदान गर्ने मतदाता नामावलीको रूपमा परिणत हुन्छ ।

सम्बन्धित समाचार

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८२ मंसिर २५, ०८: २४

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८२ मंसिर २५, ०८: २४

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८२ मंसिर २५, ०८: २४

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...