एमाले अध्यक्ष ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्ने – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

एमाले अध्यक्ष ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्ने

काठमाडौं।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्पादकहरूसँग छलफल गर्दैछन्।प्रेस चौतारीले बिहीबार दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी प्यालेसमा सम्पादकहरूसँग छलफल अन्तरक्रिया राखेको अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।

‘महाधिवेशन लगायत विषयमा अन्तरक्रिया गर्ने गरी अध्यक्षज्यूसँग छलफल राखेका छौं,’ उनले भने।महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष ओली र उनलाई चुनौती दिने गरी अघि बढेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल समूहले छुट्टाछुट्टै व्यानरमा अन्तरक्रिया गरिरहेका छन्।

संस्थापन पक्षले प्रेस चौतारीको ब्यानरमा नेता निम्त्याएर अन्तरक्रिया गरिरहेको छ।बुधबार पोखरेलले पनि सम्पादकहरूसँग अन्तरक्रिया गरेका थिए। अध्यक्ष ओलीले आज पत्रकार सामु महाधिवेशन केन्द्रीत रहेर छलफल गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८२ मंसिर २५, ११: ३४

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८२ मंसिर २५, ११: ३४

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८२ मंसिर २५, ११: ३४

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...