राष्ट्रपति ट्रम्पको समर्थनमा आयोजित परेडमा सामेल कैयौँ डुङ्गा डुबे – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

राष्ट्रपति ट्रम्पको समर्थनमा आयोजित परेडमा सामेल कैयौँ डुङ्गा डुबे

अमेरिकी राज्य टेक्ससको एउटा तालमा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा आयोजित परेडमा सहभागी भएका कैयन् डुङ्गा डुबेका छन् । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा ट्रम्पको चुनाव प्रचारका झण्डा सहितका डुङ्गाहरू एकअर्काको निकै नजिक तैरिरहेका देखिन्छन् ।

उक्त ट्राभिस काउन्टीका शेरिफको कार्यालयका अनुसार केही डुङ्गामा पानी पसेको थियो, केही रोकिएका थिए भने केही डुबेका थिए ।

कार्यालयले घटनाको अनुसन्धान थालेको छ तर नियतवश दुर्घटना भएको कुनै प्रमाण नभएको पनि जनाएको छ । घटनामा कोही घाइते भएका छैनन् ।

अधिकारीहरूका अनुसार धेरै संख्यामा डुङ्गाहरू एक आपसको नजिकै चलेको हुँदा त्यसले तालको पानीमा ल्याएको तरङ्गका कारण छाल उत्पन्न भएपछि सो घटना भएको हुनसक्छ ।

लेक ट्राभिस टेक्सस राज्यको राजधानी अस्टिनबाट नजिकै छ । ‘लेक ट्राभिस ट्रम्प बोट परेड’ नाम दिइएको सो समारोह फेसबुकमार्फत् आयोजना गरिएको थियो । करिब २६ सय मानिसले त्यसमा सहभागिता जनाएको फेसबुकमा उल्लेख गरेका थिए ।

उक्त घटना स्थानीय समय अनुसार शनिवार दिउँसो भएको थियो । फेसबुकमा उल्लेख भएअनुसार सहभागी डुङ्गाहरूलाई १६ किलोमिटर प्रतिघण्टाको वेगमा चल्न भनिएको थियो ।
घटना भएको समयमा सो स्थानमा कुनै आँधी वा हावाहुरी नआएको अस्टिनस्थित राष्ट्रिय मौसम सेवाका अधिकारी पाउल युराले बताएका छन् ।

नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनको तर्फबाट ट्रम्प दोस्रो कार्यकालका निम्ति लड्दैछन् भने विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडनले उनको सामना गर्दैछन् । चुनावको मिति नजिकिँदै जाँदा दुवै पक्षबाट प्रचारप्रसार कार्य तीव्र भइरहेको छ ।–बीबीसी

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ भाद्र २१, ११: १८

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ भाद्र २१, ११: १८

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ भाद्र २१, ११: १८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...