एम्बुलेन्समा राखेर बालिका अपहरण, काका सहित तिन जना प्रहरीकाे नियन्त्रणमा – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

एम्बुलेन्समा राखेर बालिका अपहरण, काका सहित तिन जना प्रहरीकाे नियन्त्रणमा


नयाँ विकल्प,
विराटनगर- माेरङ प्रहरीले बालिका अपहरकाे अपहरणमा संलग्न तिजनालाइ पक्राउ गरेकाे छ । मोरङको पथरी-शनिश्चरे नगरपालिका-८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुइ युवालाइ पक्राउ गरेका छ ।

पक्राउ पर्नेमा शनिश्चरे नगरपालिका-८ का २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे- ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका-६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ छन्। रणपहेली किशोरीका अपहरीत बालिकाका काका नाता पर्ने व्यक्ति हुन्।

आचार्य को २ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङ को२च ३१२१ नम्बरको एम्बुलेन्सका चालक हुन्। माेरङ प्रहरीक अनुसार बालिकालाई गत बुधवार काभ्रेको साँगाबाट प्रहरीले उद्धार गरेकाे थियाे । प्रहरीले अपहरण संलग्नलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान सुरू गरेकाे छ ।

माेरङ प्रहरीका अनुसार अपहरणमा परेकी बालिकाकी आमाले भदौ १६ गते पथरीस्थित एक माइक्रो फाइनान्सबाट दुई लाख रुपैयाँ पैसा झिकेकी थिइन्। उनले रकम घरमा राखेको कुरा रणपहेलीले चाल पाएका थिए।

सो पैसा लिएर भोलिपल्ट नहिँडे ज्यान मार्ने धम्की रणपहेलीले बालिकालाई दिए। त्यसपछि बालिका १७ गते पैसा लिएर निस्किन तयार भइन्। यसरी निस्केकी बालिकालाई एम्बुलेन्समा लैजाने चाँजो रणपहेलीले मिलाइसकेका थिए। बिहान ४ बजे नै रणपहेलीले को२च २८८२ नम्बरको एम्बुलेन्समा बालिकालाई राखे।

सो एम्बुलेन्सका चालक आचार्य रणपहेलीका साथी थिए। आचार्य बिरामी बोकेर काठमाडौं जाँदै थिए। प्रहरीको अनुसन्धान अनुसार आचार्यले इटहरीसम्म ल्याएर आफूले चिनेको अर्को एम्बुलेन्स को२च ३१२१ नम्बरका चालक तामाङको जिम्मा लगाए।

पैसा र बालिका दुबै हराएपछि आमाले सोधीखोजी गर्दा बालिका एम्बुलेन्स चढेर हिँडेकोसम्म पत्ता लगाएपछि पथरी प्रहरीमा उजुरी गरिन्। यो उजुरी गरेलगत्तै पथरी प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङको खोजतलास शाखामा बालिकाको ‘हुलिया’ टिपायो।

खोजतलास शाखाले विभिन्न चेक प्वाइन्टहरूमा ‘सर्कुलर’ गरेर एम्बुलेन्सलाई ‘रेकी’ गर्न अनुरोध गर्‍यो। सो क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले साँगा चेक प्वाइन्टबाट बालिका र दुवै एम्बुलेन्सलाई समात्न सक्यो।

अनुसन्धान अनुसार बनेपा पुगेपछि रणपहेलीले बालिकालाई एम्बुलेन्सबाट ओरालेर पहिले इटहरी छोडिदिएकै साथीको एम्बुलेन्समा राखेका थिए। रणपहेलीसहित दुवै एम्बुलेन्स चालकलाई प्रहरीले साँगाबाट समातेर १८ गते पथरी पुर्‍याएको थियो।

रणपहेली लागुऔषध दुर्व्यसनी हुन्। उनले पैसा निकालेको चाल पाएपछि सो पैसा लुट्न अपहरण गरेको देखिएको छ। रणपहेलीले काठमाडौं पुर्‍याएपछि के गर्थे भन्ने खुल्न सकेको छैन। बालिकाले आफूलाई रणपहेलीले जबरजस्ती उठाएको प्रहरीमा बयान दिएकी छन्।

पैसा लिएर नहिँडे आमालाई मारिदिने भनेपछि डरले बालिका हिँड्न बाध्य भएको बयान दिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेकालाई अपहरण तथा ज्यान मास्ने/बेच्ने मुद्दामा शुक्रबार म्याद थपेर अनुसन्धान थालिएको छ।

दुई एम्बुलेन्स चालकबीच पटक-पटक संवाद गरेका अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ । उनीहरू पहिले देखिनै चिनजान भएका व्यक्ति हुन्। दुवै जना एम्बुलेन्स चालक रहेकाे र बिरामी काठमाडौं लैजाने-ल्याउने गर्थे ।

लक डाउनकाे समयमा दुवैजना मिलेर बिरामीसँगै यात्रु पनि ओसार्ने गरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले घटनावारे थप अनुसन्धान भैरहेकाे जनाएकाे छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ भाद्र २१, ११: ४४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ भाद्र २१, ११: ४४

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ भाद्र २१, ११: ४४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...