निर्वाचनको लागि मतदाता ९ लाख १५ हजारले बढे – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

निर्वाचनको लागि मतदाता ९ लाख १५ हजारले बढे

काठमाडौं।अघिल्लो चुनावको तुलनामा आउँदो प्रतिनिधिसभा चुनावमा सहभागी हुने मतदाताको सङ्ख्या ९ लाख १५ हजार ११९ जनाले बढेको छ ।जसमा ५ लाख २२ हजार ५ सय ५२ पुरुष र ३ लाख ९२ हजार ५ सय ५२ महिला छन् ।
प्रतिनिधिसभा सदस्य चुनावमा जम्मा १ करोड ८९ लाख ३ हजार ६ सय८९ जना मतदाताले भाग लिने भएका छन् । निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्दै ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता चुनावमा सहभागी हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । मतदाताले नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ ।

सम्बन्धित समाचार

आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
  • २०८२ पुष १३, १४: ०६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८२ पुष १३, १४: ०६

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८२ पुष १३, १४: ०६

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...