प्रचण्ड दिल्ली जाँदै – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

प्रचण्ड दिल्ली जाँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड आइतबार भारतको राजधानी नयाँदिल्ली जाँदै छन् । नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।
कार्यक्रममा प्रचण्डद्वारा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्त्वबारे समसामयिक सन्देश प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रम सोमबार दिउँसो १ बजे लाजपत भवन अडिटोरियम लाजपत नगर, नयाँदिल्लीमा हुने जनाइएको छ ।

सम्बन्धित समाचार

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८२ पुष २०, ११: ४१

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८२ पुष २०, ११: ४१

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८२ पुष २०, ११: ४१

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...