
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो बैधानिक कार्यकाल समाप्त भएको साडे ५ महिनापछि गठन गरेको विभागमा उपप्रमुख र सदस्यमा मनोनित व्यक्तिको नाम सुन्दा मात्रै आम नेपालीले शीर लाजले निहुरिने अवस्था भएको छ ।
लोकतान्त्रिक समाजबादी विचारधारा बोकेको कांग्रेसको क्षवि र प्रतिष्ठामा नै आँच आउने गरी पार्टीले केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागमा मनोनीत गरिएका ती व्यक्ति बिबादित र बदनाम मात्र होइन अलोकप्रीय समेत हुन् ।
विभागको उपप्रमुख चयन गरिएका लमजुङका विष्णुप्रसाद धिताल बैंकिङ कसुरमा तीन महिना बढी थुनामा रहेर निष्किएका व्यक्ति हुन् ।
तत्कालिन एपेक्स डेभलपमेन्ट बैंक संचालक समितिका सदस्य समेत रहेका धितालले नक्कली जग्गा देखाएर ऋण उपलब्ध गराएका थिए । खोलाको बगरलाई देखाएर ऋण उपलब्ध गराई बैंकलाई करोडौं घाटामा लैजाने धिताल कांग्रेस लमजुङका पूर्व क्षेत्रीय सभापति समेत हुन् ।
एपेक्स डेभलपमेन्ट बैंक हाल एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्श) बैंकसँग मर्ज भइसकेको छ । कांग्रेसका पाका नेता दिलबहादुर घर्तीमार्फत राजनीतिलाई सिँढी बनाएका धिताल तत्कालिन कांग्रेस सभापति शुसील कोइरालासँग पनि नजिक थिए ।
पार्टीको संस्थापन पक्षमा देउवा गुट आएपछि धिताल त्यतै लागेको चर्चा छ । कांग्रेसको प्रभावशाली संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष समेत भएका केन्द्रीय सदस्य एनपी साउदको क्षविमा समेत धितालको मनोनितले दाग लगाइ दिएको छ ।
कांग्रेस राजनीतिमा देउवाभक्तिलाई आधार बनाए पनि साउदको क्षवि बिबादरहित देखिन्छ ।
पार्टी नेता रामचन्द्र पौडेल समूहको असहमतिका बाबजुद बिधानलाई बहुमतको बलमा परिवर्तन गरी २८ विभागलाई ४८ बनाएका देउवाले हालसम्म २० विभागीय प्रमुखसहित विभागलाई पूर्णता दिएका छन् ।
साउद नेतृत्वको विभागलाई सभापति देउवाले २० विभागमध्ये सबैभन्दा पछि भदौ १८ गते पूर्णता दिएका हुन् । सो विभागको सदस्यको रुपमा चयन गरिएका मुकेश काफ्ले अर्का बिबादित र बद्नाम व्यक्ति हुन् । उनलाई विभागको छौठौं बरियतामा महोत्तरी निवासी भनेर चयन गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा तत्कालि प्रधानमन्त्री शुसील कोइरालाको निर्देशन समेत अवज्ञा गरी निजी क्षेत्रका कतिपय निर्माणाधिन जलविद्युत आयोजनालाई दुख दिने र लोड सेडिङ गराएर डिजल प्लान्ट र इन्भटर आपूर्तीकर्ताका ‘एजेन्ट’को रुपमा काफ्ले चिनिएका थिए ।
विद्युत चुवावट नियन्त्रण गर्न र ट्रान्समिसन लाईन निर्मण गर्न, लोडसेडिङ अन्त्य गर्न कुनै भूमिका खेल्न नसक्ने काफ्लेले दर्जनौं जलविद्युत आयोजनासँग समयमै पीपीइ नगरी दुख र हैरानी दिने हाकिमको रुपमा परिचित छन् ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा ट्रान्समिटरदेखि सोलार प्लान्ट खरिद र ठूला उद्योगलाई टंक लाईन र डेडिकेटेड फिडर जडान गर्दा ठूला उद्योगीसँग कमिसन र प्रभावमा परी प्राधिकरणलाई टाट पल्टाउने र मुलुकमा लोडसेडिङ गराई रहने कार्यमा काफ्लेको भूमिका थियो ।
काफ्लेको समयमा भएका डेडिकेटेड फिडर र टं«क लाईन जडानमा ठूला उद्योगलाई सहुलियत दिएको त्यो शुल्क झण्डै १० अर्ब रुपैयाँ प्राधिकरणले अझै उठाउन सकेको छैन ।
जलविद्युत लगानीकर्तालाई हतोत्साहित गर्ने र तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको इसारामा चल्ने काफ्लेले तत्कालिन उर्जा मन्त्री राधा ज्ञवालीको निर्देशन र सुझावलाई समेत लत्याउने गरेका थिए ।
प्राधिकरणमा हुँदा काफ्ले शाही शासनकालका मुख्यसचिव लोकमान सिंह कार्की अख्तियारको प्रमुख आयुक्त हुँदा उनकै इसारामा जलमाफियाको निर्देशनमा मात्र काम गर्ने गरेका थिए । काफ्लेको कनेक्सन अहिले पनि जलमाफियासँग हुने गरेको छ ।
सो विभागको सदस्यमा मनोनित सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ पनि विवादित व्यक्ति हुन् । तातोपानी भन्सारबाट भन्सार छलीका माल सामान बाह्रबिसेमा भण्डारण गरी अन्य स्थानमा लैजाने र सेटिङमा सामान भित्र्याउने गरेको आरोप उनीमाथि छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...