नेकपा स्थायी समितिको बैठकपछि मन्त्रिमण्डल पुनर्गठन हुने, को को बन्लान मन्त्री ? – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

नेकपा स्थायी समितिको बैठकपछि मन्त्रिमण्डल पुनर्गठन हुने, को को बन्लान मन्त्री ?

नयाँ विकल्प,

काठमाडौं –भदौको अन्तिम साता बस्ने नेकपा स्थायी समितिको बेठकपछि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।

पार्टीमा विधि र पद्धति कायम नभएको, सरकार आफुखुशी संचालन गरेको, पार्टीलाई वाईपास गरेको भन्दै आलोेचना खेपी रहेका प्रधानमन्त्री ओलीले यसपटक भन्ने स्थायी समितिको बैठकबाट म्यान्डेट लिएर मन्त्रिमण्डल पुनर्गठन गर्न लागिको बालुवाटार स्रोतले बतायो।

भदौ २६गते सो पार्टीको स्थायी समितिको बैठक बस्दैछ। स्रोतक अनुसार यस पटक धेरै मन्त्रीहरुको बहिर्गमन हुने छैन। केही मन्त्रीहरुको मन्त्रालय परिवर्तन हुने छ भने रिक्त मन्त्रालयमा मन्त्रीको नियुक्ति गरिने छ।

गत शुुक्रबार बसेको मन्त्रिपरिषदको बैठकमा समेत प्रधानमन्त्री ओलीले ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वस्त पारेका थिए। अहिले सबै भन्दा चासो र चर्चाको बिषय अर्थमन्त्री को बन्लान भन्नेमा रहेको छ।

प्रधानमन्त्री समेत यस बिषयमा द्धिविधामा परेको एक मन्त्रीले बताए। अहिले चर्चामा आएका नाम मध्य महासचिव विष्णु पौडेलको संभावना बलियो भएको स्रोतले बतायो। पौडेल प्रधानमन्त्री ओलीका विश्वास पात्र मध्ये एक मानिन्छन् ।

उनी यस भन्दा अघि अर्थमन्त्री हुँदा जनताले बुझ्ने भाषामा बजेट ल्याएका थिए। समूहगत हिसाबमा समेत उनी प्रधानमन्त्री ओली निकटका हुनु। अर्का अर्थमन्त्रीका दावेदर स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे हुन् । तर उनी समूहगत हिसावमा वरिष्ठ नेता माधव नेपाल पक्षधर मानिन्छन् ।

त्यसकारण उनले अर्थमन्त्री पाउने संभावना नरहेको स्रोतले बतायो। उनी मन्त्रिमण्डलमा भने सहभागि हुने छन् । नेकपा कार्यदलमा रहेर काम गरेका अर्का नेता हुन भीम रावल। तर उनी यस भन्दा अघि उपप्रधानमन्त्री भईसकेका हुन् ।

त्यसकारण उनी मन्त्री हुने संभावना बलियो छैन। उपाध्यक्ष बामदेव गौतमपनि राष्ट्रियसभामा गएर सरकारमा सामल हुँदा उपप्रधानमन्त्रीबाट प्रवेश गर्नुपर्ने हुन्छ। यसो गर्दा वर्तमान उपपप्रधानमन्त्री ईश्वर पोखरेलको वरीयता एक तह तल झर्छ।

यसले नेकपा भित्र अर्का किचलो ल्याउन सक्छ। त्यसैले वामदेवलाई चित्त बुझाउन उनकी पत्नी तुलसा थापालाई मन्त्री बनाउने आश्वासन प्रधानमन्त्रीले दिएका छन् । उनलाई अहिले पार्वत गुरुङले सम्हालेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय दिने तयारी भएको स्रोतले बतायो।

गुरुङलाई भने संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी दिने बालुवाटार स्रोतले बतायो। त्यसैगरी अहिलेका पर्यटन मन्त्री योगेश भट्टराईलाई सूचना तथा संचार प्रविधि मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीले तयारी गरेका छन् ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ भाद्र २३, १२: २५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ भाद्र २३, १२: २५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ भाद्र २३, १२: २५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...