माधव नेपालविरुद्ध उजुरी, उम्मेदवारी खारेज गर्न माग – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

माधव नेपालविरुद्ध उजुरी, उम्मेदवारी खारेज गर्न माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव कुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । नेपालले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन् । रौतहट-१ बाट प्रतिनिधिसभाका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा बुधबार नेपालविरुद्ध उजुरी दिएका हुन् ।

उनका अनुसार आज स्वतन्त्र उम्मेदवार रायले नेता नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका थिए यद्यपि उनको उजुरी भने दरपीठ गरिएको छ । उजुरी मा नेपालविरुद्ध पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र भ्रष्टाचार मुद्दा दायर भइ निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गरिएको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८२ माघ ७, १८: १४

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

तुलसीलाल अमात्यले जनताको अधिकारका लागि जीवन समर्पित गर्नुभयो : पूर्वराष्ट्रपति भण्डारी
तुलसीलाल अमात्यले जनताको अधिकारका लागि जीवन समर्पित गर्नुभयो : पूर्वराष्ट्रपति भण्डारी
  • २०८२ माघ ७, १८: १४

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८२ माघ ७, १८: १४

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...