कांग्रेस महामन्त्री शशांकलाई कोरोना पुष्टि – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

कांग्रेस महामन्त्री शशांकलाई कोरोना पुष्टि

नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार साँझ स्वाब परीक्षणको लागि ह्याम्स अस्पतालमा उनको नमुना परिक्षण गरिएकोमा आज बिहान ११ बजे आएको रिपोर्टमा उनमा कोभिड १९ पोजेटिभ देखिएको हो ।

सो परिक्षणमा पोजेटिभ देखिएपछि उनको मंगलबार बिहान पुन ः स्वाब परीक्षण गरिएको थियो । त्यसको मंगलबार साँझ आएको रिपोर्टमा पनि कोभिड १९ पोजेटिभ देखिएको हो ।

महाराजगंजस्थित निवासमा बस्दै आएका पार्टी महामन्त्री शशांकलाई ज्वरो आएपछि स्वाब परीक्षण गरिएको हो । परिवारका अन्य सदस्य र सुरक्षाकर्मी गरी ११ जनाको स्वाब लिएर नमुना परिक्षणको लागि स्टार अस्पतालमा दिइएको छ ।

कोरोना संक्रमण पुष्टि भएका कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले बताए । महामन्त्री कोइराला निजी निवासमै क्वारेन्टाइनमा बसेका छन् ।

तीन वर्षअघि पानी सर्किएर निमोनिया भएका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएका कोइरालाको ओम अस्पतालमा उपचारपछि स्वास्थ्य लाभ गरेका थिए । यता प्रदेश नं १ का डीआइजी (प्रहरी नायव महानिरिक्षक) इश्वरबाबु कार्कीलाई पनि कोरोना पुष्टि भएको छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ भाद्र २३, १९: ३२

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ भाद्र २३, १९: ३२

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ भाद्र २३, १९: ३२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...