उमेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न आज प्रदान गरिँदै – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

उमेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न आज प्रदान गरिँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवारी दिएका उमेदवारले चाहेको खण्डमा आज उमेदवारी फिर्ता लिन सक्नेछन् ।दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने निर्वाचन आयोगको पूर्वप्रकाशित निर्वाचन कार्यतालिका  छ ।

आज दिउँसो १ देखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ ।आजै अपराह्न ४ देखि साँझ ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

पहिलो हुने निर्वाचित प्रणालीअन्तर्गत माघ ७ गते दाबी–विरोधमा उजुरी दिने र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो।देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। तीमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला तथा अन्य एक जना उम्मेदवार रहेका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता गरिएको थियो ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्।

सम्बन्धित समाचार

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८२ माघ ९, ०८: १४

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८२ माघ ९, ०८: १४

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८२ माघ ९, ०८: १४

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...