विप्लवले भने : पुराना दल खराब भए, नयाँ दल चाहिन्छ भन्ने विचार क्रान्तिकारी हुन सक्दैन – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

विप्लवले भने : पुराना दल खराब भए, नयाँ दल चाहिन्छ भन्ने विचार क्रान्तिकारी हुन सक्दैन

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले पुराना दल गलत भएकोले नयाँ दल चाहिन्छ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताएका छन्।शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रममा उनले हाल राजनीतिक वृत्तमा फैलाइएको नयाँ–पुराना दलको बहस वास्तविक समस्याबाट ध्यान हटाउने प्रयास मात्रै भएको बताएका हुन्।

उनले नेपालमा दलको समस्या नभएर जनताले चाहेको जनताको सेवा गर्ने राज्यसत्ता भएको बताए।उनले भने -‘यहाँ दलसंगको समस्या होइन, जनतालो चाहेको त सत्ता हो। जनताले चाहेको त आफ्नो सेवा गर्ने हो, आफ्नो पक्षमा निर्णय गर्ने हो। न्यायपूर्ण ढंगले फैसला लिने सत्ता चाहिएको हो। जनताले याँ दल र पुराना दलको कुरा गरेको होइन।’

उनले पुराना दलले भ्रष्टाचार र विकृतिको जन्म दिएको सही भए पनि नयाँ दल आएपछि मात्रै अवस्था स्वतः सुध्रिन्छ भन्ने धारणा भने गलत रहेको बताए।नयाँ दलप्रति जनतामा देखिएको आशा केही हदसम्म पुराना दलको असफलताबाट जन्मिएको भएपनि पुरानो राज्यसत्ता यथावत रहेसम्म नयाँ दल आएर मात्रै समस्या समाधान नहुने कुरामा उनले जोड दिए ।

सम्बन्धित समाचार

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८२ माघ १०, १७: ५२

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...

बागमतीमा राजनीतिक निकास खोज्दै मुख्यमन्त्री बानियाँ, दलहरूलाई दिए दुई विकल्प
बागमतीमा राजनीतिक निकास खोज्दै मुख्यमन्त्री बानियाँ, दलहरूलाई दिए दुई विकल्प
  • २०८२ माघ १०, १७: ५२

ललितपुर : बागमती प्रदेशमा विकसित राजनीतिक अन्योल समाधान गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दलहरूलाई स्पष्ट दुई विकल्प अघि सारेका छन्। सोमबार...

यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
  • २०८२ माघ १०, १७: ५२

  १. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...