नेकपाको महाधिवेशन र बामदेवको राष्ट्रियसभा सदस्य नियुक्ति दुबै अन्याेलमा ! – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

नेकपाको महाधिवेशन र बामदेवको राष्ट्रियसभा सदस्य नियुक्ति दुबै अन्याेलमा !

काठमाडौ – कुनैबेला मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मदनबहादुर हरिबहादुर भन्ने सिरियल चर्चित थियो। मदनदहादुरले हरिबहादुरलाई तीन लाख रुपैयाँ राख्न दिएको हुन्छ।हरिबहादुरले पैसा राख्न दिएको सबै स्वीकारे पनि पैसा निकाल्नु भन्दा उनले कुन पैसा भनेर टार्छन।

यो सिरियलसंग अहिले नेकपाको महाधिवेशन र उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने भन्ने निर्णय मिल्दो जुल्दो छ।

गाैतमलाइ राष्ट्रियसभा सदस्य बनाउने पुरानो निर्णय हो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले कुन निर्णय भन्न थालेका छन् । त्यसैगरी पार्टीको एकता महाधिवेशन गर्ने निर्णय समेत विचल्लीमा परेको छ।

चैतमा महाधिवेशन गर्ने निर्णय भएपनि अहिलेसम्म पार्टी एकताका काम समेत सम्पन्न भएको छैन। त्यसकारण नेकपाका यी दुबै निर्णय बिचल्लीमा पर्ने संभावना बढेको छ।

यद्यपी गत फागुन १४ गतेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय सम्भवतः भोलि बस्ने क्याबिनेट बैठकमा एजेण्डा बन्ने सम्भावना बढेको स्रोतले बतायो।

स्रोतका अनुसार भोलिको बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्यमा मनोनितको लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नेछ । त्यही क्रममा निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई समेत नयाँ जिम्मेवारी दिइने सम्भावना पनि उत्तिकै छ ।

तर सो बारेमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबाहेक बालुवाटारको किचेन क्याबिनेटका अन्य सदस्य नेपालमै कुनै जिम्मेवारी दिन अनिच्छुक देखिएकाले बैठकले यसै गर्ला भन्न सकिन्न ।

प्रधानमन्त्री जसरी पनि खतिवडालाई अर्थ मन्त्रालयको काम हेर्न मिल्ने गरी जिम्मेवारी टाँसो लगाउने पक्षमा देखिएका छन् । तर, झण्डाबिना उनको चाहना बालुवाटारमा भन्दा सात समुन्द्रपारिको जिम्मेवारीतिर ढल्किएको बताइन्छ ।

अर्थमन्त्रीको जिम्मेवारीबाट रातारात हात धुन बाध्य बनाउनेमा बालुवाटार किचेन क्याबिनेटका प्रभावशाली तीनजना नेताहरुको हात रहेको आफ्नो अनौपचारिक अभिव्यक्ति दिदै आएका छन् । खतिवडाले प्रधानमन्त्रीको निकट्ताको फाईदा उठाउदै संयुक्त राज्य अमेरिका राजदूततर्फ आँखा लगाएको बालुवाटार स्रोतले बतायो।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ भाद्र २४, १२: ०१

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ भाद्र २४, १२: ०१

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ भाद्र २४, १२: ०१

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...