आजको मौसम : पहाडी र हिमाली क्षेत्र सफा रहने – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

आजको मौसम : पहाडी र हिमाली क्षेत्र सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकाले हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।त्यस्तै महाशाखाका अनुसार तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
त्यस्तै,आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अन्य भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८२ माघ २३, ०७: ४८

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८२ माघ २३, ०७: ४८

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र
ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र
  • २०८२ माघ २३, ०७: ४८

काठमाडौं । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी...