
नयाँ विकल्प,
ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भदौ १८ रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेकालाई निसर्त अबिलम्ब रिहा गर्न माग गरेका छन् ।
स्थानीय प्रशासनलाई जानकारी नै नदिई भदौ १८ गते स्थानीयले ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप भएपछि एक ट्राफिक प्रहरीलाई कुटपिट गर्नेमध्ये नौ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
महानगरका प्रमुख महर्जनले बुधबार विज्ञप्ति जारी गर्दै ललितपुर महानगरपालिका भित्रको सो घटनामा पक्राउ परेकाहरुको रिहाइका लागि महानगर प्रमुखको हैसियतले आफूसहित ज्यापु समाज र १९ वटा जातिय संघसंस्था समेतले निसर्त रिहा गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको जनाएका छन् ।
स्थानीय प्रशासन र रथ तान्ने समूहबीच गत बिहिबार भएको घटनापछि ज्यापु समाजको नेतृत्वमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबुु महर्जन सहित १९ वटा जातिय संघसंस्था र आफूसहितको छलफल पश्चात भदौ २१ गते धार्मिक विधिपूर्वक सांकेतिक रुपमा मछिन्द्रनाथको रथ तानिएको महर्जनको दाबी थियो ।
विज्ञप्तिमा भदौ १८ गते विधि नपु¥याई रथ तान्दा उत्पन्न परिस्थितिले धर्म संस्कृतिप्रेमी सबैको मनमा घाउचोट लागेता पनि भदौं २१ गते धार्मिक प्रक्रिया र विधिपूर्वक सौहर्दपूर्ण वातावरणमा स्वास्थ्य सतर्कता अबलम्बन गरी रथ तान्ने काम भएको बताइएको छ ।
महर्जनले भदौ १८को घटनामा घाइते भएका ट्राफिक प्रहरी लगायत अन्यको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् ।उनले आफूलाई मार्न अभिव्यक्ति दिने व्यक्तिलाई समेत निसर्त अबिलम्ब रिहा गर्नुपर्ने भनेका छन् ।
‘ती व्यक्तिले उत्तेजनामा आएर त्यस्तो गलत अभिव्यक्ति दिएको मेरो ठहर छ । मैले उत्तेजनात्मक र आवेशमा आएर दिएको अभिव्यक्तिको रुपमा त्यसलाई लिएको छु । तसर्थ, निज संजय शाक्यलाई निसर्त रिहा गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँछु’, महानगर प्रमुख महर्जनद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...