
नयाँ विकल्प,
काठमाडौं –भड्केर कोटेश्वर पुगेका नेकपा अध्यक्ष पुस्पकमल दाहाललाई बालुवाटार फर्कउन प्रधानमन्त्री केपी शर्मा ओली सफल भएपछि नेकपामा अस्थायी युद्धविराम जस्तो देखिएको छ।
प्रधानमन्त्री ओलीको बिपक्षमा ठुलो बहुमत पुगेपछि उनी लामो समयदेखि तनावमा थिए। तर पार्टीमा कार्यकारी अध्यक्षको भूमिका दाहाललाई दिने र उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने आश्वासन दिएपछि उनको संकटको खड्गो तत्कालका लागि टरेको छ।
ओली र दाहलबीच बालुटारमा बुधबार तीन घण्टा भएको छलफलमा कार्यदलले तयार गरेको प्रतिवेदन भोलि बस्ने स्थायी समितिको बैठकमा लैजाने सहमति भएको एक नेताले बताए। कार्यदलको प्रतिवेदनमा कुनै नयाँ कुरा नभएपनि अध्यक्ष प्रचण्डका लागि ‘फेससेभ’को बाहना भएको छ भने ओलीको सत्ता संकट केही समयका लागि टरेको छ।
विगतमा नेकपाका सचिवालयका अधिकांस सदस्यहरुले बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि बिवाद समाधन गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो। अध्यक्षद्वय ओली र दाहालले बुधबार गत भदौ ६ गते समस्या समाधान कार्यदलले तयार पारेको सो प्रतिवेदनलाई सामान्य भाषिक सम्पादन गरेर प्रस्तावका रूपमा स्थायी कमिटी सदस्यहरूलाई पठाएका थिए ।
पहिले कार्यदलले तयार पारेको प्रतिवेदन र अहिले अध्यक्षद्वयले छलफलका लागि भनेर पठाएको प्रतिवेदनमा कुनै भिन्नता नभएको स्रोतले बतायो। शुक्रबार बस्ने स्थायी समितिको बैठक कार्यदलले तयार पारेको प्रतिवेदनमाथि केन्द्रित हुनेछ ।
वरिष्ठ नेता माधवकुमार नेपालले भने प्रतिवेदनका थुप्रै अन्तरवस्तुमाथि नै गत भदौ १८ को सचिवालय बैठकमा धारणा राखिसकेका छन् र त्यही धारणा नै शुक्रबारदेखि सुरु हुने स्थायी कमिटी बैठकमा पनि प्रस्तुत गर्ने तयारी उनको छ ।
एक व्यक्ति एक मुख्य जिम्मेवारी रहने, बहुमतको निर्णय पार्टीको निर्णय हुने, अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन गर्ने लगायतका विषयमा नेपालको असहमति रहे पनि प्रतिवेदन जस्ताको तस्तै स्थायी कमिटी बैठकमा पठाउने निधोमा अध्यक्षद्वय पुगेका हुन्।
कार्यदलले तयार पारेको प्रतिवदेनको बुँदा नम्बर ५ मा पार्टी विधान बमोजिम अध्यक्षद्वय र महासचिवको आपसी परामर्श र सहमतिका आधारमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तथा निर्णयको प्रस्ताव तयार गर्ने भन्ने प्रावधानमा भने ‘निर्णयको प्रस्ताव तयार गर्ने’ भन्ने शब्दावली हटाइएको छ ।
वरिष्ठ नेता नेपालले निर्णयको प्रस्ताव पार्टी कमिटीले तयार पार्ने हो कि अध्यक्षद्वयले हो भनेर यसअघि सोधेका थिए । कार्यदलको प्रतिवेदन र अध्यक्षद्धयको नियत माथि नेता नेपालले प्रश्न उठाएका छन् ।
उनले अर्का अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमलाई कुनै भर नभएको नेता भन्दै आफु निकटसंग गुनासो गरेका छन् । ओली,दाहाल र गौतम मिलेपछि वरिष्ठ नेता नेपाल पार्टीमा भूमिकाबिहीन भएका छन् ।
उनी निकट नेताहरुले दाहाल र गौतमको भर गरेर यस्तो अवस्था आएको भन्दै नेपालसंग गुनासो गरेका छन् । कुनैै बेला दाहाल नेपाल र गौतम मिल्दा सचिवालयदेखि स्थायी समिति सम्म बहुमतको अवस्था थियो।
४४ सदस्य स्थायी समितिमा नेपालसंग १३ सदस्य थिए। तर स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र भीम रावललाई कार्यदलमा राखेपछि र योगेश भट्टराई र घनश्याम भुसाललाई ओलीले मन्त्री बनाएपछि उनको पक्ष सात जनामा सीमित भएको छ।
कर्यदलमा रहेका र मन्त्री बनेका नेपाल पक्षका स्थायी समिति सदस्यहरुको भूमिका मध्मार्गी रहदै आएको छ। नेपालको पक्षमा रहेको भनिएका वरिष्ठ नेता झलनाथ खनालपनि बेला बेलामा मध्मार्गी हुने गरेका छन् ।
काठमाडौं : नेपालले श्रीलंकामाथि प्रभावशाली जित दर्ता गर्दै जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा स्थान सुरक्षित गरेको...
ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छ सशस्त्र प्रहरी...
काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...