एमालेको समानुपातिक उम्मेदवार राईविरुद्ध ठगीको गम्भीर आरोप – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

एमालेको समानुपातिक उम्मेदवार राईविरुद्ध ठगीको गम्भीर आरोप

इलाम : इलाम फाकफोकथुम गाउँपालिकाकी पूर्व उपाध्यक्ष एवम् नेकपा एमालेको समानुपातिक तर्फकी उमेदवार सरस्वती राई सरुको विरुद्धमा बैदेशीक रोजगारीको ठगीको गम्भीर आरोप लागेको छ । राईले विभिन्न समयमा कोरीया लाने भनी गाउँपालिकाका विभिन्न व्यक्तिबाट लाखौं पैसा लिएको तर हाल सम्म पनि रकम नतिरेको पीडितले आरोप लगाएका छन् । पटक पटक ताकेता गर्दा पनि रकम नपाएपछि पीडितहरुले नेकपा एमाले जिल्ला सचिवालयमा उजुर गरेका छन् ।

आफ्नी बहिनीलाई कोरीया लाने भनेर २०८० माघ ०७ गते सरस्वती राईको बैक खातामा तीन लाख हालीदिएको तर अहिले सम्म पनि कोरीया पठाउने टुँगो नलागेको र पैसाको साँवा व्याज पनि नपाएको भनी पीडितले उजुर गरेका हुन् । उजुर पछि नेकपा एमालेको जिल्ला पार्टि कार्यालयमा फागुन १२ गते मंगलबार छलफल भएको थियो । पीडितको मागलाई अझै बेवास्ता गर्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य समेत रहेकी राईले पैसा जति उतै पठाएको र उताबाट आएपछि दिने भनेकी छिन । पार्टीको छलफलका क्रममा विभिन्न नेताले राईलाई कागज गरेर पैसा फिर्ता दिन दवाव दिएपनि उनले नमानेको श्रोतले जनाएको छ ।

छलफलका क्रममा केहि नेताहरुले तपाइले व्यवहारीक कुरा गरेर मिलाउनुहोस भनेर सम्झाउन खोजेपनि कुनै हालतमा पैसा फिर्ता गर्न नमानेको बताइएको छ । राईले करिव ३४ जनाबाट तीन लाखका दरले बुझाएको रकम अझैसम्म फिर्ता नगरेको र यो काण्ड अहिलेका आइजीपी र पहिलेका आइजीपीलाई पनि थाहा पाएको दावि गर्दै पीडितहरुलाई झुलाइरहेको पाइएको छ । सो क्रममा उनले राजदुत दिदीसँग पटक पटक गफ भएको पनि खुलाएकी छन् ।

राईले पीडितहरुसँग गरेको च्याट पनि यो अनलाईनले प्राप्त गरेको छ । पटक पटकको वार्तामा राईले “म सँग त्यो मान्छेलाई बुझाएको रकमको पुरै सबुत प्रमाण छ । के प्रयोजनका लागि को को व्यक्तिबाट कति कति रकम संकलन गरेर बmुभएको भन्ने कागजमै खुलाएको छ कमरेड… भनेर उल्लेख गरेकी छन् ।

उनले त्यहि च्याटमा “अझै पनि म निरन्तर लागिरहेकै छु । सबैको पैसा एकमुष्ट डुबेको छ, सबैले धैर्य गरेर चुनावमा लागि परेका छन् तर तपाई चाहिँ यहि मौकामा घाँटी अठ्याउनु पर्ने कमरेड ?“ भनेर उल्टै धम्कीपुर्ण भाषामा उत्तर दिएकी छन् । यस्तै उनले केहि एमाले नेताहरुसँगको च्याटमा जबरजस्ती गरेर उजुरीमा जान्छन् भने नछेक्नु जाउन लेखेकी छन् । आफै भोग्छन् ….बैदेशिक विभाग सम्बन्धि छानबीनको लागि बैदेशीक विभाग काठमाडौं मै पुग्नुपर्छ । तिनीहरुको तीन लाखको लाखौं खर्च भएको बेला थाहा पाउँछन् । अरुको उक्साहटमा लागेर उजुरीमा जानेलाई छेक्नुहुन्न राइले उल्लेख गरेकी छन् ।

राइले आफू उपाध्यक्ष भएका बेला सरकारी गाडि प्रयोग गर्न नपाएको भनी तत्कालीन अध्यक्षलाई दुव्र्यवहार गरेको सार्वजनिक भएको थियो । पार्टी अध्यक्ष केपी ओली निकट राईको नेपाल कम्पयुनिष्ट पार्टी एमालेको आदिवासी जनजाति कोटामा १६ नम्बरमा समानुपातिक प्रणाली तर्फका उमेद्धारको अन्तिम बन्दसुचिमा नाम समावेस छ ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०८२ फाल्गुन १३, १३: २१

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०८२ फाल्गुन १३, १३: २१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०८२ फाल्गुन १३, १३: २१

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...