
नयाँ विकल्प,
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक केही समयपछि सुरु हुँदैछ। गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । बैठकका लागि ११ बजे समय तय भएको छ।
बैठक आफ्नै कार्यदलले दिएको प्रतिवेदन विपरित प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। महासचिव विष्णु पौडेल संयोजक रहेको नेकपा कार्यदलले पार्टीका बैठकहरु पार्टी कार्यालय धुम्बाराहीमा बस्नु पर्ने सुझाव दिएकाे थियाे ।
बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको साझा प्रस्तावमाथि छलफल हुनेछ । अध्यक्षद्वयले अध्ययनका लागि तयार पारेको उक्त साझा प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ ।
अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्ने जानकारी महासचिव पौडेलले दिए । बैठकमा कार्यदलको प्रतिवेदन प्रति वरिष्ठ नेता नेपाल पक्ष असन्तुष्ट छ।
नेपाल पक्षका नेताहरुले त्यसमा असन्तुष्टि जनाए पनि लिखित असहमति राख्ने संभावना नभएको स्रोतले बतायो।
प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्ने लगायत विषयमा साझा प्रस्ताव तयार पारेका छन्।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...