असोज १ देखि लामो दूरीमा सवारी चलाउन दिन व्यवसायी र मजदूरको माग – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

असोज १ देखि लामो दूरीमा सवारी चलाउन दिन व्यवसायी र मजदूरको माग

फाइल तस्वीर


नयाँ विकल्प,
काठमाडौं । यातायात व्यवसायी र मजदुर नेताले असोज १ गतदेखि लामो दूरीको सवारी साधान चलाउन पाउनुपर्ने सरकारसँग माग गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङलाई शुक्रबार ज्ञापन पत्र बुझाउँदै उनीहरुले असोज १ गतेदेखि अन्तरजिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका गाडी पनि चलाउन पाउनुपर्ने माग गरेका छन् ।

उनीहरुले होल्डिङ सेन्टरमा भएको अनियमितता छानबिन गर्नुपर्ने र सवारीको आयु तोकेर दर्ता तथा नवीकरण रोक्ने निर्णय खारेज गर्नुपर्ने माग गर्दै सरकारको निर्णय मानेर ६ महिनादेखि गाडी थन्काएर बसेको, तर अब असोज १ देखि नमान्ने चेतावनी उनीहरुले दिएका छन् ।

पहिलेदेखिनै सार्वजनिक सवारी चलाउनका लागि दबाब दिँदै आएका यातायात व्यवसायी र मजदुर संगठनका नेताले यातायातमन्त्री नेम्वाङलाई भेटेर थप दबाब दिएका हुन् ।

मन्त्री नेम्वाङले व्यक्तिगत रुपमा आफू सवारी चलाउनु पर्छ भनने पक्षमा भएकोले प्रधानमन्त्रीसँग कुरा गरेर अघि बढ्ने बताएका थिए । सरकारले अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्मका लागि रोक लगाइएको छ ।

कोरोना संक्रमण नियन्त्रणमा आइनसकेको अवस्थादेखे पछि यातायात व्यवसायी र मजदुरले सरकारसँग सार्वजनिक यातायात खुल्ला गर्न माग गरेका हुन् ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ भाद्र २६, १५: ४४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ भाद्र २६, १५: ४४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ भाद्र २६, १५: ४४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...