नेकपा बैठकमा माधवको आक्रोसः यो पार्टी हो कि दुई नेताको कम्पनी ? – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

नेकपा बैठकमा माधवको आक्रोसः यो पार्टी हो कि दुई नेताको कम्पनी ?

नयाँ विकल्प ,

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी स्थायी समिति बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डप्रति ठुलो आक्रोश पोखेका छन् ।

बैठकमा उनले पार्टी बिधि पद्धतिबाट चल्नुपर्छ भनेर आफुले पहिले देखि भन्दै आएकोमा त्यसको सुनुवाई नभएको गुनासो गरेका छन् । ‘यो पार्टीमा आठ लाख सदस्य र लाखौ शुभचिन्तक छन् तर दुई अध्यक्ष मिल्ने बित्तिकै सबै कुरा मिलिहाल्छ भन्ने नसोच्नु होला ’ नेपालको भनाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने।

बैठकमा नेपालको प्रश्न थियो ‘ यो लाखौ पार्टी सदस्यको पाटी हो कि दुई अध्यक्षको कम्पनी’ बैठकमा नेता नेपालले पार्टी विधि र पद्धतिमा चल्नु पर्नेमा जोड दिँदै अध्यक्षद्वय ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति चर्को असन्तुष्टि जनाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

नेपालले मुलतः अध्यक्षद्वयको प्रस्तावमा एक व्यक्ति एक पदको व्यवस्था नभएको प्रति चर्को असन्तुष्टि जनाएका थिए । एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतका विषय प्रस्तावमा किन समेटिएन ? विधिबिना पार्टी कसरी चल्छ ?’ नेपाल बैठकमा कड्किएका थिए ।

नेकपा बैठकमा खाजाका लागि गरिएको ‘ब्रेक’ समयसम्म ९ जना स्थायी कमिटी सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् । जसमा नेपालसहित स्थायी कमिटी सदस्यहरु देव गुरुङ, लिलामणि पोख्रेल, घनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्तलगायत रहेका छन् ।

आजको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बैठकमा सहभागी भएर बाहिरिएका थिए । उनी अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर बाहिरिएको बताइएको छ ।

गत असार १० गतेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय चर्किएपछि साउन १३ पछि अनिश्चितकालका लागि स्थगित भएको थियो । साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र प्रचण्डले बैठकका एजेण्डा तय गरेका थिए ।

कार्यदललाई नै आधार बनाएर तयार गरीएकाे एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्नेदेखि चैतमा महाधिवेशन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्री तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने लगायतका विषय समेटिएका छन् ।

सम्बन्धित समाचार

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
  • २०७७ भाद्र २६, १५: ३४

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय...

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ भाद्र २६, १५: ३४

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ भाद्र २६, १५: ३४

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...