
उदयपुर । आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको हो ।
सोही घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरी बस्ने १६ वर्षीया अस्मिता परियार रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको बताईएको छ।
काठमाडौं : नेपाल सरकारले विश्वको १२औं अग्लो हिमाल ‘ब्रोड पिक’ आरोहणका क्रममा यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने...
राजविराज : सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ । प्रमुख...
काठमाडौं : बुद्ध जयन्ती हीरक समारोह मूल समिति २५७० तथा पूर्ण महाविहार तारेश्वर संघ, नागबहालद्वारा आयोजित बुद्ध जयन्ती हीरक समारोह...