मन्त्रिपरिषदको बैठक नबस्दा कुलमानको निर्णयमा ढिलाई , कार्यकाल दुई कि चार बर्ष थप्नेबारे अनिश्चित – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

मन्त्रिपरिषदको बैठक नबस्दा कुलमानको निर्णयमा ढिलाई , कार्यकाल दुई कि चार बर्ष थप्नेबारे अनिश्चित

नयाँ विकल्प,

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङकाे कार्यकाल आज सकिदैछ। घिसिङलाइ प्राधिकरणमा पुनः नियुक्ति गर्नेबारे छलफल भैरहेकाे छ ।

२०६३ भदाै २९ गते चारबर्षे कार्याकालका लागि नियुक्त भएका घिसिङलाइ पुनः नियुक्ति गर्ने विषयमा प्रधानमन्त्री ओली र उर्जामन्त्री बर्षमान पुन सहमत भएको स्रोतले बतायो।

शुक्रबार बस्ने मन्त्रिपरिषदले यस बिषयमा निर्णय गर्ने बताइएको थियो। तर शुक्रबार बैठक नबसेका कारण निर्णय हुन सकेन। संभवत सोमबार बस्ने मन्त्रिपरिषदको नियमित बैठकले यो लगायतका बिषयमा निर्णय गर्ने बताईएको छ।

स्रोतका अनुसार कार्यकारी निर्देशककका लागि अहिलेसम्म कुलमानको विकल्पमा अर्को ब्यक्तिको खोजी भएको छैन। यद्यपी मन्त्रिपपरिषदको बैठकमा तीन जनाको नाम सिफारिस गर्ने प्रचलन छ।

उर्जामन्त्री बर्षमान पुन र प्रधानमन्त्री ओलीबीच यस बिषयमा पटक छलफल भईसकेको छ। ओली र पुन दुबै कुलमानको म्याद तत्कालका लागि दुई बर्ष थप गर्ने मनस्थितिमामा पुगेका छन् ।

कुलमानको म्याद आईतबारबाट सकिदैछ। सोमबार मन्त्रिपरिषद्को बैठक बसेन भने उनी स्वतः घर जाने छन् । बैठक नबस्दा बामदेव गौतमलाई पनि राष्ट्रियसभाको सदस्यमा सिफारिस गर्ने प्रस्ताव अड्किएको छ।

नेकपा सचिवालय बैठकले उनलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नका लागि प्रधानमन्त्रीले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। तर मन्त्रिपरिषदको बैठकले औपचारिक निर्णय नगरेको कारण यो बिषय छ महिना देखि अल्झेको छ।

सम्बन्धित समाचार

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ भाद्र २८, १३: ५४

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...

भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
  • २०७७ भाद्र २८, १३: ५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने...

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
  • २०७७ भाद्र २८, १३: ५४

काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...