ओली र लेखकलाई आज अदालतमा पेस गरिने – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

ओली र लेखकलाई आज अदालतमा पेस गरिने

काठमाडौँ । पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकलाई आज अदालतमा पेश गरिने भएको छ ।शनिबार अदालत बिदा भएकाले ओली र लेखकलाई आज अदालतमा पेस गर्न लागेको हो ।

शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित नगराएको हुनले आज दुवै नेतालाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ । ओली र लेखकलाई प्रहरीले शनिबार प्रक्राउ आफ्नै निबासबाट प्रक्राउ गरेको थियो ।

अदालतमा प्रहरीको तर्फबाट सरकारी वकिल कार्यालयले ओली र लेखकलाई पक्राउ गर्दा जारी गरेको पक्राउ पुर्जी अनुसारको हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । अदालतले अनुमति नदिएमा ओली र लेखक आजै छुट्ने छन् भने अदालतले दिन तोकेर अनुमति दिएमा दुवैको प्रहरी हिरासत बढ्न सक्ने हुनसक्छ ।

कार्की आयोगले लापरबाही र हेलचेक्राइंका कारण जेन–जी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।

त्यसै अर्कोतर्फ ओली र लेखक पक्ष जिल्ला अदालतले म्याद थप गरे पनि सर्वोच्च अदालतमा  बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्न सक्ने व्यवस्था छ । सर्वोच्चमा रिट दायर गरेर छुट्ने आदेश भएमा पनि उनीहरु छुट्न सक्ने सम्भावना रहन्छ । तर अदालतले रिहा गर्न आदेश दिएपनि यो विषयको अनुसन्धान भने जारी रहने छ ।

सम्बन्धित समाचार

ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
  • २०८२ चैत्र १५, ०८: २६

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...

देवानगञ्ज घटनाः पीडित परिवार र सरकारबीच ६ बुँदे सहमति
देवानगञ्ज घटनाः पीडित परिवार र सरकारबीच ६ बुँदे सहमति
  • २०८२ चैत्र १५, ०८: २६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा...

साउन १५ मा खीर खाने परम्परा : संस्कृति, स्वास्थ्य र धार्मिक विश्वासको संगम
साउन १५ मा खीर खाने परम्परा : संस्कृति, स्वास्थ्य र धार्मिक विश्वासको संगम
  • २०८२ चैत्र १५, ०८: २६

काठमाडौं । आज साउन १५ गते देशभर खीर खाएर पर्व मनाइँदै छ। नेपाली समाजमा असार १५ मा दहीचिउरा र साउन...