मन्त्रिपरिषदको बैठक बस्दै, होला त कुलमान र बामदेवको निर्णय ? – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

मन्त्रिपरिषदको बैठक बस्दै, होला त कुलमान र बामदेवको निर्णय ?

नयाँ विकल्प

काठमाडौ –यो साता बस्न नसकेको मन्त्रिपरिषदको बैठक आज बस्दैछ। लामो समयको अन्तरालमा बैठक बस्न लागेकोले थन्किएका केही महत्वपूर्ण बिषयमा निर्णय हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्न लागेको यो बैठकमा बिशेषगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोहार्याउने या नदोहोर्याउने भन्ने बिषयमा निर्णय हुने बताईएको छ।

उनलाई नदोहोर्याए नेपाल बिद्युत प्राधिकरणका वरिष्ठ अधिकृतलाई निमित कार्यकारी दिने अनुमान गरिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली कुलमानलाई दाहोर्याउने पक्षमा छैनन। कुुलमानको म्याद आईतबारनै सकिएको छ।

उनले आईतबारै आफ्ना सचिवालयका कर्मचारीको बैठक राखेर आफु निर्णय नभए कार्यालय नआउने घोषणा गरेर हिडीसकेका छन् ।

प्रधानमन्त्री कुलमानको पक्षमा नभएकोले शुक्रबार तय भएको मन्त्रिपरिषदको बैठक स्थागित भएको थियो। कुुलमानका बिषयमा सहमतिमा पुग्न आईतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच छलफल भएको थियो।

तर प्रधानमन्त्रीले संकेत नदिएका कारण उर्जा मन्त्रीले बर्षमान पुनले यो प्रस्ताव बैठकमा पेश गर्ने कि नगर्ने भन्ने निर्णय गर्न सकेका छैनन्।

उनी पनि कुलमानलार्ई थप गर्ने पक्षमा छन् । आज बस्ने बैठकले गर्ने अर्को महत्वपूर्ण बिषय भनेको नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा सिफरिस हो । फागुन १४ गते नेकपा सचिवालय बैठकले गौतमलाई सिफारिस गर्ने सर्बसम्मत निर्णय गरेको थियो।

उनलाई पठाउन प्रधानमन्त्री अनिच्छुक देखिएकोले मन्त्रिपरिषदको बैठकबाट यो बिषयमा औपचारिक निर्णय हुन सकेको छैन।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ भाद्र २९, ११: ११

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ भाद्र २९, ११: ११

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ भाद्र २९, ११: ११

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...