
नयाँ विकल्प
काठमाडाैं- संयुक्त राष्ट्रसंघकाे आव्हानमा शान्ति स्थापनार्थ लिविया उडनलागेकाे नेपाली सेनाकाे टाेलि काेराेना संक्रमण देखिएपछि राेकिएकाे छ ।
नेपाली सेनकाे मुख्यालय जङ्गी अड्डाका अनुसार नेपाली सेनका जवानहरूमा काेराेना संक्रमणकाे पुष्टि भएपछि लिविया उडान राेकिएकाे हाे । काेराेना संक्रमणका कारण पाँच महिना पहिले उडनुपर्ने साे टाेलि राेकिएकाे थियाे । लिवियामा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघकाे अनसिमिल अन्तर्गतकाे नेपाली सेनाकाे टाेलि अदलिबदलीकाे लागी लिविया उड्न लागेकाे थियाे ।
आज साेमबार उडन लागेकाे साे टाेली काभ्रेपलाञ्चोकको पाँचखाल स्थित विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा जवानहरूमा संक्रमण देखिएपछि राेकिएकाे हाे ।
नेपाली सेनाका प्रवक्ता सन्ताेष बल्लभ पाैडेलका अनुसार लिवियाकालागि नेपाली सेनाका १ सय १६ जना उडने तयारीमा थिए । नेपाली सेनाले शान्ति स्थापनार्थ तैनाथ हुने टाेलिकाे कम्तिमा १० प्रतिसत रिजर्व फाेर्स तैनाथ गर्छ । तर शान्ति मिसनमा जानेका लागि ट्रेनिङ सेन्टरमै काेराेना संक्रमण देखिएपछि अन्यमा पनि संक्रमणकाे आशंकममा उडान राेकिएकाे हाे ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...