कांग्रेस नेता बडुले पनि छोडे कोइराला क्याम्प, भन्छन्- सभापति थापाकै नेतृत्वमा १५औं महाअधिवेशनमा जाऔं – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

कांग्रेस नेता बडुले पनि छोडे कोइराला क्याम्प, भन्छन्- सभापति थापाकै नेतृत्वमा १५औं महाअधिवेशनमा जाऔं

काठमाडौं : गिरिजाप्रसाद कोइरालादेखि हालसम्म कोइराला क्याम्पका विश्वसनीय, इमानदार र वैचारिक नेताका रूपमा चिनिँदै आएका दिलेन्द्रप्रसाद बडूले कांग्रेसभित्रको विवाद समाधानका लागि जतिसक्दो चाँडो १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले उक्त महाधिवेशनमा सबै पक्ष मिलेर जानुपर्ने धारणा आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

उनी अहिलेसम्म डाक्टर शेखर कोइराला पट्टी रहेका थिए । तर डाक्टर शेखर कोइरालाको निर्वाचनपछिका गतिविधिबाट अस्नतुष्ट हुँदै बडू कोइराला क्याम्पबाट बाहिरिएका हुन् ।

उनले पार्टीभित्रको विवाद समाधानका लागि सभापति गगनकुमार थापाको नेतृत्वमा छिटो १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

उनले नियमित १५औं महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग हुँदै आए पनि तत्कालीन संस्थापन पक्ष सहमत नभएको बताए । त्यसैबीच उत्पन्न ‘जेनजी’ आन्दोलन र विवादका कारण विशेष महाधिवेशन गरिएको र त्यसलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरिसकेको उनको भनाइ छ ।

बडूले आयोगको निर्णयविरुद्ध केही नेताहरू सर्वोच्च अदालत गएको उल्लेख गर्दै अदालतको अन्तिम निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे । साथै, विगतका विवाद र परिस्थितिको काल्पनिक विश्लेषणमा अल्झिनु भन्दा पार्टीलाई एकजुट बनाउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

उनले पछिल्लो निर्वाचनमा पार्टीको परिणाम अपेक्षाअनुसार आउन नसकेको स्वीकार गर्दै त्यसको नैतिक जिम्मेवारी पार्टी नेतृत्वले लिइसकेको पनि स्मरण गराए । वर्तमान अवस्थामा लोकतन्त्र र उपलब्धिमाथि चुनौती बढिरहेको भन्दै उनले कांग्रेसलाई अझ बलियो, जिम्मेवार र एकताबद्ध बनाउनुपर्ने आवश्यकता औंल्याए ।

अन्त्यमा बडूले सबै नेता तथा कार्यकर्तालाई आगामी १५औं महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, अनुशासित र एकताबद्ध बनाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने दिशामा अघि बढ्न आह्वान गरेका छन् ।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०८२ चैत्र २५, १६: १५

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८२ चैत्र २५, १६: १५

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०८२ चैत्र २५, १६: १५

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...