
इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति भएको छ । बिहीबार साँझदेखि लागु हुने गरी दुई देशबीच युद्धविरामको सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।
पछिल्लो ६ हप्तादेखि इजरायल र हिज्बुल्लाहबीच दक्षिणी लेबनानमा भिषण प्रहार भइरहेको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविराममा सहमति जनाए पनि दक्षिणी लेबनानमा १० किलोमिटर सुरक्षा क्षेत्र कायम राख्ने बताएका छन् ।
हिजबुल्लाहले युद्धविराममा सकारात्मक संकेत देखाए पनि इजरायली आक्रमण पूर्ण रूपमा रोक्नुपर्ने र इजरायली सेनालाई स्वतन्त्र रूपमा गतिविधि गर्न नदिनुपर्ने सर्त अघि सारेको छ ।
यसबीच इरानले पनि युद्धविरामको स्वागत गरेको छ । अमेरिका र इरानबीच शान्ति वार्ताको अर्को चरणबारे छलफल भइरहेका बेला ट्रम्पले परमाणु हतियारसम्बन्धी केही सहमति भइसकेको दाबी गरेका छन् ।
गत २ मार्चदेखि सुरु भएको द्वन्द्वमा हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ विस्थापित भएका छन् । लेबनानमा मात्रै २ हजारभन्दा बढी मानिस मारिएका छन् र ठूलो संख्यामा घरहरू ध्वस्त भएका छन् ।
यसैबीच, वाशिङ्टनमा इजरायल र लेबनानबीच दुर्लभ प्रत्यक्ष वार्ता पनि भएको छ । ट्रम्पले दुवै देशका नेताहरूलाई ह्वाइट हाउसमा थप वार्ताका लागि आमन्त्रण गर्ने बताएका छन् ।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...