पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध – Naya Bikalpa
August 1, 2026, Saturday      Epaper

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ । हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ सडकखण्ड अवरुद्ध भएको छ ।यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
“गएरातिदेखि नै हालसम्म वर्षा भइरहेका कारण सो क्षेत्रमा पहिरो जाँदा सो मार्गमा आवत जावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेको छैन,” उनले भने ।पहिरो तत्काल खुलाउन पहल भइरहे पनि वर्षाले प्रभावित भएको कारण पहिरो खुलाउन समय लाग्ने उनले बताए ।

सम्बन्धित समाचार

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
  • २०८३ बैशाख १६, ११: ३०

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...

सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
  • २०८३ बैशाख १६, ११: ३०

काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...

नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
  • २०८३ बैशाख १६, ११: ३०

काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...