
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार देख्न नपोरोस् भनेर कसम खाएका दोलखा काङ्ग्रेस सभापतिले आफूले पनि टिकट नपाएपछि पार्टी नेतृत्वलाई जथाभावी गालीगलैाज, अपूष्ट कुराहरु गरेका कारण नेपाली कांग्रेसको अनुसासन समितिले कारबाही गरेर रामेछाप कांग्रेस सभापति पदबाट मुक्त गरेको छ । समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
समितिका अनुसार तामाङमाथि अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधिएको थियो। उनले दिएको जवाफ प्रारम्भिक रूपमा सन्तोषजनक नदेखिएकाले थप अनुसन्धान आवश्यक ठहरिएको जनाइएको छ। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनलाई तत्काल प्रभावबाट सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गरिएको हो।
यस्तै, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पदीय जिम्मेवारीका विषयमा सोधिएको स्पष्टीकरणसम्बन्धी निर्णय भने सर्वोच्च अदालतको फैसलापछि औचित्य समाप्त भएको भन्दै तामेलीमा राख्ने निर्णय गरिएको छ।
बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का क्रममा अनुशासन उल्लंघन भएको भन्दै विभिन्न जिल्लाबाट प्राप्त उजुरीहरूको प्रारम्भिक छानबिन पूरा भएको जनाएको छ। सो प्रकरणमा आरोपित व्यक्तिहरूसँग सात दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरिएको छ। समितिले स्पष्टीकरणका लागि ह्वाट्सएप, इमेल, भाइबर, मेसेन्जर, हुलाक र कुरियरमार्फत पत्राचार गर्ने जनाएको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...