
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।सोमबार बिहान गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
पौडेल सशस्त्र प्रहरी बलका १३औँ आईजीपीका रूपमा जिम्मेवारी सम्हाल्न पुगेका छन् । मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयअनुसार उनलाई एआईजीबाट आईजीपीमा बढुवा गरिएको हो । यसअघि कार्यरत आईजीपी राजु अर्यालले चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गतेबाट अवकाश पाएका थिए ।
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...
काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...
काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...