नेपालले आज ओमानसँग खेल्दै – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नेपालले आज ओमानसँग खेल्दै


काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक सिरिजको अन्तिम खेल आज हुँदै छ । अन्तिम खेलमा आज नेपाल र ओमान भिड्दै छन् ।

नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ९ : ३० बजेबाट हुनेछ ।

सिरिजको अघिल्लो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । त्यसैले नेपाल बदलासहितको जितका साथ सिरिजको अन्त्य गर्ने लक्ष्यमा छ ।

सिरिजमा यूएईसँगका दुई खेलमा भने नेपाल विजयी भएको छ ।

आठ राष्ट्र सामेल लिग– २ मा नेपाल सातौँ स्थानमा छ भने ओमान तेस्रो स्थानमा छ । लिग– २ का चार टोली विश्वकप छनोटमा प्रवेश गर्नेछन् ।

नेपालले यो सिरिजपछि १२ मेबाट अर्को सिरिज सुरु गर्नेछन् । जसमा नेपालले अमेरिका र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार

लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
  • २०८३ बैशाख २२, ०८: १८

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८३ बैशाख २२, ०८: १८

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८३ बैशाख २२, ०८: १८

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...