बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने सिफारिसमाथि, राष्ट्रपतिले कानूनविदकाे राय लिन सक्ने – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने सिफारिसमाथि, राष्ट्रपतिले कानूनविदकाे राय लिन सक्ने

काठमाडौ — सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालयले गौतमलाई मनोनीत गर्न बुधबार सिफारिस पत्र राष्ट्रपति कार्यालय पठाएको हो ।

गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । सोमबार नै मन्त्रिपरिषद्को बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरे पनि मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारेमा केही जानकारी दिएका थिएनन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता ज्ञवालीले यो निर्णय जानकारी नगराएपछि गौतमको राष्ट्रिय सभामा सिफारिसबारे आशंका बढेको थियो ।राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ ।

त्यही सिटमा वामदेव गौतमलाई मनोनीत गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो यद्यपी बिहीबार यो समाचार तयार पारुन्जेल सम्म गौतमलाई राष्ट्रपतिले औपचारिक मनोनयनको घोषणा गरेकी छैनन् । उनलाई प्रधानमन्त्रीको सिफारिस कार्यन्वयन गर्ने बाध्यकारी ब्यबस्था छ। तर संविधानसंग बाझिएको हकमा उनले कानूनविद्संग राय लिन सक्नेछिन् ।

शितलनिवास स्रोतका अनुसार गौतमलाई मनोनित गर्ने बिषयमा कानूनविद्संग राया लिने मनस्थिति बनाएको स्रोतले बतायो। प्रधानमन्त्रीको सिफारिसमा अध्यादेश जस्तो महत्वपूर्ण बिषयमा आधा घण्टामा सदर हुनु र गौतमको प्रस्ताव अड्किनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रतिनिधिसभाको निर्वाचनमा पराजय नेतालाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने कि नगर्ने भन्ने बिषयमा राष्ट्रपति अलमलमा परेको स्रोतले बतायो।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ आश्विन १, ११: ०३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ आश्विन १, ११: ०३

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ आश्विन १, ११: ०३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...