रास्वपाद्वारा आज प्रि-बजेट छलफल, अर्थमन्त्री वाग्ले र मन्त्री लम्साल सहभागी हुने – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

रास्वपाद्वारा आज प्रि-बजेट छलफल, अर्थमन्त्री वाग्ले र मन्त्री लम्साल सहभागी हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री र सांसदबीच नियमित छलफल कार्यक्रमअन्तर्गत आज प्रि-बजेट छलफल आयोजना गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन र नीति प्राथमिकता तय गर्न उक्त कार्यक्रम राखिएको प्रवक्ता मनिष झाले जानकारी दिए।

छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सहभागी हुनेछन्। कार्यक्रममा पार्टीका सांसदहरूले बजेटका प्राथमिकता, नीति तथा आवश्यकताका विषयमा विस्तृत छलफल गर्ने बताइएको छ।

उक्त कार्यक्रम आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना हुनेछ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०८३ बैशाख २३, ०९: ४१

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८३ बैशाख २३, ०९: ४१

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८३ बैशाख २३, ०९: ४१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...