फेवातालमा बोट पल्टिँदा अलपत्र परेका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

फेवातालमा बोट पल्टिँदा अलपत्र परेका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

पोखरा । फेवातालमा अचानक आएको हावाहुरी र उच्च छालका कारण कायक बोट पल्टिँदा अलपत्र परेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।बुधबार तनहुँको भिमाद नगरपालिका घर भई हाल पोखरा महानगरपालिका–६ बैदाम बस्दै आएका २८ वर्षीय सुबिन ठकुरीले चलाएको एकल कायक बोट अचानक पल्टिएको थियो।

घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको उद्धार टोलीले तत्कालै उनलाई सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ।

हावाहुरी र तालमा अचानक आउने छालका कारण जोखिम बढ्ने भएकाले यस्ता समयमा जलयात्रा गर्दा विशेष सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०८३ बैशाख २३, १९: ०७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८३ बैशाख २३, १९: ०७

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८३ बैशाख २३, १९: ०७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...